समय : ०६:२९ am | शनिबार , श्रावण १२ गते २०८१

वृक्षारोपण गरी विश्वकर्माले मनाए जन्मदिन

सन्तोष सुनार | श्रावण २१ गते २०८०

प्युठान । पछिल्लो क्रममा आफ्ने जन्म दिन मनाउने चलन फरक भएको छ । जन्म दिनको अवसरमा फजुल खर्च गरेर भन्दा समाज सकरात्मक सन्देश फैलाउने तरिकाले विस्तार हुन लागेको छ।

प्युठान जिल्लाको मल्लरानी गाउपालिका ५ सरङकोटका तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गोपाल विश्वकर्माले आफ्नो जन्मदिनको अवसरमा बासँको विरुवा वृक्षारोपण गरी जनदिन मनाउनु भएको छ ।

आईतवार विश्वकर्माले आफु ४५ औ जन्म दिनको अबसमा मान्डवि गाउँपालिकाको चकचके देखि सरुमारानी गाउपालिका बड्डाडासम्म सडकको छेउँमा बाटो तथा बन् संरक्षण गर्ने उद्देश्यले बासका बिरुवाहरु लगाएर मनाउनु भएको छ । केक काटेर होइन माटो काटेर जन्म दिन मनाउन पाउँदा निकै गर्भ लागेको विश्वकर्माको भनाई रहेको छ । नेपाली संस्कार र संस्कृतिलाई रोक्नको लागि उहाँले नयाँ तरीका अनुसार आफ्नो जन्मदिन मनाउनु भएको हो। अहिले विभन्न पार्टी प्यालेस, महंगो रेष्टुरेन्टमा गएर केक काटी फजुल खर्च गरेर जन्मदिन मनाउने प्रवृत्ति नराम्रो भएको भन्दै यस्तो विकृतिले अर्थतन्त्रलाई आर्थिक मन्दीतर्फ लैजाने उहाँको भनाई छ ।

साथै उहाँले अहिले विश्वमा जलवायु परिवर्तनले मानविय क्षति हुने गरेको बताउदै वातावरण संरक्षण र स्वस्थकर पर्यावरणको निर्माण गर्नको लागि वृक्षा रोपण गरी वातावरणीय संरक्षणको थालनी गरेको बताउनु भएको छ । आफ्नो संस्कार र संस्कृतिलाई बचाई राख्न र आगामी भावी पुस्तालाई वातावरण संरक्षण गर्नु पर्छ भन्ने पाठ सिकाउनको लागि वृृक्षा रोपणगरी जन्मदिन मनाएको स्वर्गद्वारी अपडेटलाई जनाकारी दिनुभएको छ । उहाँले बासँको विरुवा लगाउने कार्यमा माण्डवि गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसन) , माण्डवी गाउँपालिकाका कार्यपालिका सदस्य कमला कामी , जनपत्रकार सङ्गठन लुम्बिनी प्रदेश प्रमुख राजेन्द्र रावत क्षेत्री ,माण्डवी गाउँपालिका दुईका नि बर्तमान वडा सदस्य मधुसुधन घर्ति र माण्डवी गाउँपालिका ३ नयाँगाउँका नेपाली काँग्रेस वडा सभापति खेम बस्नेत सहितको सहभागिता रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page