समय : ०९:४३ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा लम्पी स्किन रोगबाट ७ सय ९२ पशुहरु मरे ८हजार ४ सय १८ सक्रिय संक्रमित

सन्तोष सुनार | श्रावण २१ गते २०८०

साउन २१ प्युठान । पशुमा लाग्ने रोग लम्पी स्किन देशैभर महामारीका रूपमा फैलिरहेको छ । सातै प्रदेशमा लम्पी स्किनका कारण हजारौँ पशु सङ्क्रमितथा मर्नेको सख्या बढ्दो क्रम रहेको छ । प्युठान जिल्लामा लम्पी स्किन रोगबाट ७ सय ९२ पशुहरु मरेका छन भने ८ हजार ४ सय १८ सक्रिय संक्रमित रहेको छन ।

सरुमानी गाउँपालिकाबाट २०७९ चैत १२ गतेबाट नौं वटा गाईहरुमा देखिएको यो रोगबाट प्युठान जिल्लामा चौंतिस हजार सात सय पन्ध्र वटा पशुहरु संक्रमित रहेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलय प्युठानका पशु अधिकृत डा. हरि नारायण थारुले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । मरेका पशुहरुमा सात सय सन्ताउन्न गाईगोरु पैंतिस वटा भैंसी गरी सात सय बयानब्बे पशुहरु मरेको अधिकृत थारुले बताउनुभयो ।

लम्पी स्किन रोगविरुद्ध खोप लगाएर तथा उपचार गरिसकेपछि चोविस हजार नौ सय अठ्ठाईस पशुहरु निको भएका छन । हाल ६७२ वटा गाईगोरुमा र ७६४ वटा भैंसीमा लम्पी स्किन रोगविरुद्ध खोप लगाएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलय प्युठानले जनाएको छ । अधिकृत थारुका अनुसार जिल्लाको नौ वटा स्थाीयतहमध्ये उच्च गौमुखी गाउपालिकामालम्पी स्किन रोगबाट संक्रमित संख्या बाह्र हजार दुई सय रहेको र न्युन मल्लरानी गाउँपालिकामा आठ सय चौध रहेको बताइएको छ।

लम्पी स्किन रोगबाट गाइभैँसी सङ्क्रमित भएपछि मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कने गर्छ । त्यस्तै दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र मृत्यु समेत हुन सक्छ । लम्पी स्किन रोगबाट संक्रमित पशुहरुमा उपचार गर्ने तथा खोप लगाउने नौ वटा स्थानीयतह र एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलय प्युठानमा कार्यरत गरी जनशक्ति जम्मा ६४ रहेका छन । प्युठान जिल्लको लम्पी स्किन रोगबाट संक्रमित पशुहरुको विवरण अनुसार एक जनालाई करिव सात हजार आठ सय पर्ने भएकाले जनशक्ति न्युन रहेको हुदा यो समयमा उपचार गर्न कठिन भएको उहाँको भनाई रहेको छ । अहिलेको समयमा सङ्क्रमित पशुको उपचारका लागि संघ, प्रदेश र स्थानीय तहबाट नै औषधीको व्यवस्थासहित प्राविधिकहरू परिचालन गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page