समय : ०९:०३ am | शनिबार , श्रावण १२ गते २०८१

बेरुजु शुन्य देखी खानेपानी समस्या अन्त्य गर्दै सरुमारानी

स्वर्गद्वारी अपडेट | श्रावण २० गते २०८०

साउन २ प्युठान।अन्य स्थानीय तहहरु भन्दा सरुमारानी गाउँपालिका हरेक क्षेत्रमा अगाडी देखिएको छ।लगातार तिन आर्थिक वर्ष यता बेरुजु शुन्य बनाएर आफुलाई परिचित बनाएको सरुमारानी गाउँपालिका हाल भने खानेपानी समस्या अन्त्य गर्नका लागी ठुला योजनाहरु धमाधम सम्पन्न गरेको छ।     

बहुवर्षिय हंसपुर बृहद खानेपानी योजना हालै सम्पन्न भएसंगै सरुमारानीको २६ सय ६० घर धुरीमा खानेपानीको समस्या अन्त्य भएको सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए।"कोरोना र ठेकेदारको लापरबाहीका कारण हंसपुर बृहद खानेपानी योजना समयमै सम्पन्न  गर्न सकिएन " उनले भने –"आर्थिक वर्ष ०७४ /०७५ देखी योजनाको काम सुरुवात गरेका थियौं।हंसपुर बृहद खानेपानी योजना पालिकाकै सबैभन्दा ठुलो योजना भएको बताउदै ४ करोड ४३ लाख ३८ हजार ६ सय तिन रुपैयाँ सम्पन्न भएको उनले बताए।उक्त खानेपानी योजना बाट ३ सय ४२ घरधुरीले प्रत्येक्ष लाभ लिएका छन।बुढीचौर ,दासिङ्ग ,मान्द्रे र हंसपुरको साबिक ६,७,८ मा पनी योजनाको काम धमाधम भईरहेको गाउँपालिकाको अध्यक्ष विश्वकर्माको भनाई छ  ।  

स्वच्छ खानेपानीको पहुँच पुगेपछि प्रदेश सांसद तुल्सीराम शर्माले शनिबार हंसपुर बृहद खानेपानी योजना कार्यक्रम बीच ‘एक घर एक धारा’को उद्घाटन गर्दै समुदायलाई हस्तान्तरण गरे।गाउँपालिकावासीलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउन आफूले सक्दो प्रयास गर्ने बताएका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page