समय : ०९:२१ am | शनिबार , श्रावण १२ गते २०८१

नगरवासीहरुको घरमा चुल्लो बल्नु नै मेरो सवैभन्दा ठुलो खुसि हो-नगरप्रमुख योगी

सन्तोष सुनार | श्रावण २० गते २०८०


साउन २० प्युठान । नगरवासीहरुकोे घरमा चुल्लो बल्नु नै मेरो सवैभन्दा ठुलो खुसि हो नगरप्रमुख योगीले बताउनु भएको छ । शनिवार प्युठान नगरपालिका वडा न. २ को नेकपा माओवादि केन्द्रको वडा कमिटिको अगुवा कार्यक्रताको भेलामा यस्तो बताउनु भएको हो ।

प्युठान नगरपालिकाका वासीहरुमा शिक्षा , स्वास्थ्य , यातायात , खानेपानी लगाएतका सुविधाहरुमा पहुचँ बढाउन तथा पुर्याउनु योजनाका साथ लागेर अगाडि बढेको समेत बताउनु भएको हो ।“ एक वर्ष कार्यकाल सकियो हामीबाट नराम्रो त भाको छैन तर सबै ठाउँ नगरवासीको आवश्यकता पुरा गर्न सकिरहेका छैनौ तर धैर्य गरिदिनुहोला हामी नगरलाई सव्य र सुव्यवस्थित बनाउने छौ नगर प्रमुख योगीको भनाई रहेको छ ।”

वडामा भएका समस्याहरु व्यक्तिगत भन्दा कमिटि मार्फत नगरपालिका पठाईयो भने सहज र समाधान गर्न सजिलो तथा छिटो हुने उहाँले बताउनु भएको छ । भेला कार्यक्रममा वडाको मशेरी गाउँमा खानेपानीको समस्या रहेको भिमा सुनारले गुनासो गर्दा त्यहाँ पानी छिट्टै खुवाउने प्रतिबद्धता समेत जनाउनु भएको छ । महिला तथा पुरुषका लागि सिपमुलक तालिमको व्यवस्था गरी रोजगारी तथा आयआर्जनको बाटो बनाउने धारण समेत राख्नु भएको थियो । अवको यस कार्यकालबाट जनताको समस्याहरु खोजनिती गर्न घर–घरमा गई अभियानका साथ अगाडि बढ्ने बताउनु भएको छ । नेकपा माओबादि केन्द्र प्युठान नगरकमिटिका सदस्य झग बहादुर जी .सिले . नेकपा माओवादि केन्द्र एक सङ्र्घर्ष पार्टि हो । हिजोको दिनमा निरङकुश राजतन्त्र लाई फालेर आएको पार्टि भएको कारण पुजिबाद शासक, सामान्त्यवादलाई अन्तय गरी समाजवाद मोर्चाको निमार्ण गर्दे अगाडि बढेको पार्टि रहेको बताउनु भएको छ । हामी सहि तरिकाले अगाडि बढेमा सभ्यताको विकास हुने बताउनुभएको थियो ।

त्यस्तै कार्यक्रमा लुम्बिनी प्रदेशका सदस्य सुनील सापकोटाले विगतका दिनमना जातिय विभेद , अपमान , शोसण गरेको सामान्तिहरुलाई अन्त्य गरी दलितहरु र जनजातिहरुमा उज्यालो छरी घुलमिल बनाउन योगदान गरेको नेकपा माओवादि पार्टि केन्द्र रहेको बताउनु भएकोे थियो । गरीविको रेखमा रहेका दलितलाई समाजमा समान बनाउनका लागि राज्यले कोटाको अवसर दिएको र महिलालाई पुरुष सरहको बनाउनको लागि ३३ प्रतिशत कोटाको व्यवस्था गरेका बताउनुभएको छ । त्यसलाई समान तरिकाले प्रयोग गर्न आग्रह गर्नु भएका थियो । वडा कमिटिका अध्यक्ष वावुराम पोख्रेलको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य मधुसुधन विष्टले राख्नु भएको हो ।कार्यक्रममा प्रदेशका सदस्य सुनिल सापकोटा, नगरकमिटिका अध्यक्ष तथा नगर प्रमुख विष्णु बहादुर योगी , उपादक्ष्य हरी विएम , प्युठान जिल्लाको अखिल क्रान्तिकाकारी इन्चार्ज पुस्कर शर्मा नगरकमिटिका पदाधिकारी तथा वडा कमीटिको पदाधिकारीको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन वडा कमिटिको सदस्य पवित्रा अधिकारी नेपालीले गर्नु भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page