समय : १०:५३ am | बुधबार , असाेज ३० गते २०८१

ऐरावतिमा विस्थापित परिवार माथि चोरको आक्रमण

सन्तोष सुनार | श्रावण १८ गते २०८०


प्युठान। प्युठान जिल्लाको ऐरावति गाउँपालिकामा विस्थापित परिवार माथि चोरको पनि आक्रमण भएको छ । गत बर्ष असोज १९ गते परेको अविरल बर्षाको कारणले ४ नम्बर वडाको तिघ्रापातलमा पहिरोको जोखिमको कारण २५ घर पविारलाई गाउनै छाड्न बाध्य बनाएको हो । त्यस पछि गाउका स्थानिय पदमय माविमा करिव दुइ महिना बसेका थिए । उनिहरु हिउँद लागेपछि गाउदेखि माथि ढाडे लेखमा गाउपालिकाको सहयेग त्रिपाल लिएर बसेको स्थानियले बताएका छन । बसेको ठाउमा महत्वपुर्ण सामाग्री सुरक्षित नएको अवस्था रहेर घरमा राखेको समयमा बुधवार राति करिब ७ घरमा चोरी भएको छ ।

स्थानीय सुकमाया बुढाको घरमा आधा तोला सुन, एक गत्ता तेल, धुल बुढा मगरको घरमा १५०० सय नगत विदेशी टर्च लाइट, तेज बहादुर विकको घरबाट २ हजार नगद , तिन वटा नयाँ ज्याकेट र पाइन्ट सट चोरी भएको र मनु बुढा मगर , होम बहादुर बुढा थोकी मगर, बेद बहादुर विक , लिला बुढा मगरको घरमा तोडफोड भएको स्थाीय दुर्ग बहादु सुनारले स्वगृद्वारी अपडेटलाई जानकारी दिए । उक्त चोरी भएको घटना आज विहान ६ बजे घरको रेखदेख गर्न गएको समयमा थाहा भएको सुकमाया बुढा मगरले बताईन । प्राकतिक प्रकोपबाट त सुरक्षित रहेनौ अव मावनबाट पनि असुरक्षित भएको स्थानियको गुनासो रहेको छ । वडाअध्यक्ष शंकर बहादुर भण्डारीले चोर नजिकैको र थाहा भएको मानिसबाट नै भएको बताएका छन । चोरलाई छिट्टै पत्ता लगाउने उहाँको भनाई रहेको छ । चोरी भएको थाहा पाएपछि तत्काल पुगेका अस्थाई प्रहरी पोष्ट कैरनका प्रहरी सहायक निरिक्षक विष्णु सुनारले तिव्र रुपमा अनुसन्धान भईरहेको बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्