साउन -१८ स्वर्गद्वारी अपडेट। प्युठान भालुवाङ पर्ने सडक खण्ड गर्जेनिमा गए राती देखी सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको छ।
माण्डवी गाउँपालिका -१ गर्जेनी स्थित गए राती देखी सडक अवरुद्ध भएका कारण एम्बुलेन्स, खाध्यन ढुवानी लगायत समेत प्रभावित बनेको प्युठान जिल्ला ट्राफिक प्रहरी प्रमुख चन्द्र केसीले बताए। उनि भन्छन –"स्काभेटर र डोजर प्रयोग गरी सडक खुलाउने कार्य जारी रहेको बताउदै तत्काल सडक खुलाउन कठिनाइ भैरहेको ट्राफिक प्रहरी प्रमुख केसीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए। घोराही जाने यात्रुहरु तिराम मुर्कुटि हुँदै जाने र बुटवल जाने यात्रुहरु आर्घाखाँची हुदै जान सकिने हुँदा सो सडक प्रयोग गर्न यात्रुहरुलाई आग्रह समेत गरेका छन।