प्युठान । प्युठानमा सरकारी गाडी नियन्त्रणमा लिएको छ । सरकारी गाडिको दुरुपयोग व्यापक रुपमा दुरुपयोग हुन थालेलेपछि नियन्त्रणमा लिएको हो । मंगलबार विहान ७ बजेको समयमा पुण्यखोला कभरहल अगाडि रोकेर राखेका सरकारी मोटर साईकल प्रयोग गरेको भन्दै युवासंगठनको नेतृत्वले नियन्त्रणमा लिई ईलाका प्रहरि कार्यालय विजुवारलाई बुझाएको छ । धेरै दिन देखि सरकारी मोटरसाइकल प्रयोग गरि कभर हलमा खेल खेल्न जादा प्रयोग गरिरहेको देखिएकोले हुदा नियन्त्रणमा लिन बाध्य भएको युवा संगठनका केन्द्रीय सदस्य विरबल ‘सि’ ले स्वर्गद्वारी अपडेटलाई बताउनुभयो । ।

लु १ ब २५६७ र लु १ ब २५६८ र लु १ ब २्०४९ नम्मरका मोटरसाइकलहरु ईलाका प्रहरी कार्यालयलाई बुझाएको विरबलको भनाई छ ।
ईलाका बन कार्यलयको १ वटा र जनस्वास्थ्य कार्यालयको दुई वटा मोटर साईकल नियन्त्रणमा लिईएको विजुवार ईलाका ट्राफिक प्रमुख प्रकाश के एम ले जानकारी दिनुभयो ।
