श्रावण ८ गते । विद्यार्थी नै मेरो परिवार हो भन्छन पाले । प्युठान नगरपालिका ३ विजयनगर स्थित प्युठान जिल्लाको सबै भन्दा जेठो श्री मुक्ति माध्यमिक विद्यालय रातामाटामा विद्यार्थीहरु तथा विद्यालयको सुरक्षा गार्डको रुपमा कार्यरत रहेका टंक बहादुर बस्नेत (पाले )ले विद्यार्थी नै मेरो परिवार भएको बताए ।
बस्नेत भन्छन “आफु पनि विद्यार्थी जीवनबाट नेपाल सशस्त्र प्रहरीमा रहेर राष्ट्रको सेवा गरे अनि त्यहाबाट अवकाष भएर अहिले विद्यालयमा विद्यार्थीको सुरक्षा गर्न पाउदा एक दमै खुसी र गौरव लागेको स्वर्गद्वारी अपडेटलाई बताए । ” तर विडम्बना जेठ सत्र गते यस विद्यालयमा अध्ययनरत विद्यार्थीसँग भएको घटनाप्रती आत्मसात गर्दै अवको दिनमा यस्ता नदोहोरीने र विद्यार्थीहरुसँग अभिभावकको भुमिका निर्वाह गर्ने उनले बताए । विद्यार्थी भाईवहिनीहरुले पनि विद्यालयको नियम पालना गरी आफ्नो अध्ययनशीलतामा लगनशील भएर लाग्न बस्नेत (पालेले) को भनाई रहेको छ । विद्यार्थीको शैक्षिक सुदृढ , व्यवस्थापन सहित र अनुशासनमा अगाडि बढाउने प्रधानाध्यापक दामेदर विष्टले जानकारी दिए । विद्यार्थीका अभिभावकले पनि आफ्नो सन्तान कतातिर मोडिएको छ, कुन मार्गमा हिडिरहेको छ भन्ने कुरामा निगरानी राख्न आवश्यक रहेको प्रधानाध्यापक विष्टले बताए । विद्यार्थीको लागि कक्षा नौँ देखि बाह्र कक्षा सम्म सिभिल इन्जिनियर अध्ययन व्यवस्था रहेको छ । कक्षा एघार र बाह्रमा साइन्स , कमर्स र एजुकेसन विषयहरुको व्यवस्था रहेको छ ।
त्यस्तै यस विद्यालयमा प्युठान नगरपालिकाका दश वटा वडाहरुको आमाबुबा विहिन बालबालिकाहरुलाई प्युठान नगरपालिकाको अािर्थक समन्वयमा कक्षा १ देखि १२ कक्षा सम्म आवसीय सहित अध्ययन गर्ने २७ जना रहेका छन । वि.स.२००८ सालमा स्थापना भएको विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अहिले तेह्र सह बत्तिस जना रहेका छन ।