समय : १२:४५ am | सोमबार , कार्तिक १८ गते २०८१

करदाता सेवा कार्यालय प्यूठानद्वारा ५० करोड भन्दा बढी राजस्व संकलन

सन्तोष सुनार | श्रावण १ गते २०८०

श्रावण १ गते। प्युठान करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०७९/०८० मा करदाता सेवा कार्यालय प्युठानले बिभिन्न शीर्षकबाट ५० करोड १३ लाख ६६ हजार ६ सय ९९ रूपैयाँ मात्र राजस्व उठाएको छ।यो अवधिमा ५३ करोड ४२ लाख ९७ हजार रूपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो।

यो लक्ष्यको ९४ प्रतिशत मात्रै हो।करदाता सेवा कार्यालयले प्युठान र रोल्पाको ३ स्थानीय तह बाहेक अन्य तहहरुका करदाता बाट   राजस्वको उठाउदैं आएको करदाता सेवा कार्यालय प्युठानका प्रमुख सनु काफ्लेले बताए।उनले भने -'लक्ष्यअनुसार राजस्व उठेको छैन।तर अहिलेसम्म प्राप्त राजस्व गत आर्थिक वर्षको यही अवधिमा उठेको राजस्वको करिव ७ करोड बृद्धि भएको छ।"

करदाता सेवा कार्यालय प्युठानले यो अवधिमा उठाएको मध्ये आयकर अन्तर्गत ,पारिश्रमिक आय कर र पुँजीगत लाभकार राजस्वमा सबभन्दा धेरै उठेको हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्