समय : ०३:०२ pm | आइतबार , माघ ६ गते २०८१

स्थानीय युवाहरुले गरे अस्पताल जाने बाटो मर्मत

सन्तोष सुनार | असार ३० गते २०८०

असार ३० प्युठान।प्युठान जिल्ला अस्पताल जाने बाटो स्थानीय युवाहरुले मर्मत गरेका छन।

शनिबार मनु लामाको अगुवाइमा स्थानीय युवाहरुको पहलमा सडकमा खाल्डाखुल्डी परेको  केहि भागमा ढलाइ गरेका छन्।जिल्ला अस्पताल प्युठान जाने बाटो करिब २ बर्ष अघि ढलाई गरिएको थियो कम गुणस्तरका  कारण १ बर्ष पनि टिक्न नसकेको स्थानीय युवा जीवन खनालले बताए।उनले भने –"हामी ले धेरै पटक आवाज उठाउदा पनि सम्बन्धित निकाय मौन रहेको युवा जीवन खनालले बताए।"यस सडक मर्मत कार्यमा  आवश्यक निर्माण सामाग्रीहरु निशुल्क सहयोग गर्नुहुने सहयोगी हरुलाई धन्यवाद समेत ब्यक्त गरेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्