समय : ०६:२० am | बिहिबार , माघ १० गते २०८१

माण्डवीबाट अवैध काठ बरामद

स्वर्गद्वारी अपडेट | असार १६ गते २०८०

असार १६ प्युठान । जनज्योति सामुदायिक वन बाट अवैध रुपमा कटान  गरिएको खयर जातको गोलिया बरामद गरेको छ ।

माण्डवी गाउँपालिका-४ दक्सुने स्थित जनज्योति सामुदायिक वन बाट शुक्रबार ७३ थान अवैध रुपमा कटान गरिएको खयर जातको गोलिया बरामद गरेको छ ।ईलाका वन कार्यालय भिंग्री र अस्थायी प्रहरी पोस्ट जस्पुरको सक्रियतामा सो गोलिया बरामद गरेको थियो ।आवश्यक कारवाहीको लागी बरामद गरी नियन्त्रणमा लिएको ईलाका वन कार्यालय भिंग्रीले जनाएको छ । सो कटानको बारेमा अनुसन्धान भईरहेको ईलाका वन कार्यालय भिंग्रीले बताएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्