प्युठान । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकामा रहेका ५ वटै वडाले सबै खोप दिए सँगै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो । ० देखि १५ महिना पुगेका बच्चालाई १३ प्रकारका खोप र १६ देखि १८ महिना पुगेका सबैजसो बालबालिकालाई खोप दिइसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो । कोहिकोहि घरमै सुत्केरी भएपनि प्राय जसो बर्थिङ सेन्टर तथा स्वास्थ्य चौकी र अस्पतालहरुमा सुत्केरी भएको अध्यक्ष खड्काको भनाई रहेको छ ।प्युठानका ९ स्थानीय तहमध्ये ७ वटा पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन अब स्वर्गद्धारी नगरपालिका र सरुमारानी गाउँपालिका घोषणा गर्न बाँकी रहेका छन् ।