समय : ०४:२६ pm | आइतबार , माघ ६ गते २०८१

प्युठानमा पहिलो जेब्रा क्रस रोड जस्पुरमा

सन्तोष सुनार | असार ९ गते २०८०

९ असार, प्युठान । जस्पुर बजारको रोडमा जेब्रा क्रस सिग्नल बुधबार राखिएको छ ।

माण्डवी गाउँपालिकाको केन्द्र मानिने जस्पुर बजारमा जिल्लाकै पहिलो पटक जेब्रा क्रस सिग्नल राखिएको छ । बाटो हिड्ने यात्रुहरुले जथाभावी बाटो काट्दा दुर्घटना हुन् सक्ने हुँदा जेब्रा क्रस राखिएको जिल्ला ट्राफिक कार्यालय प्युठानका ट्राफिक प्रमुख चन्द्र के.सी ले बताए ।उनि भन्छन –"पछिल्लो पटक जस्पुर बजारमा सरकारी कार्यालयहरु धेरै थपिएका छन,रोल्पा र प्युठान छुट्याउने प्रमुख बाटो हुँदा पैदल यात्रुहरुको भिड हुने गर्छ , सहजताको लागी बजारमा जिल्लाकै पहिलो पटक जेब्रा क्रस सिग्नल राखिएको हो।" सडक डिभिजन कार्यालय प्युठान सँग समन्यव गरी जिल्लाका २० ठाउँमा जेब्रा क्रस राखिने ट्राफिक प्रमुख के.सीले बताए।

पछिलो पटक प्युठानका सडकहरु सुरक्षित र मर्मत सम्भार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्