समय : ०६:३५ am | बिहिबार , माघ १० गते २०८१

प्युठानमा झ्याप्प–झ्याप बत्ती जाने समस्या

राधिका भुषाल | असार ८ गते २०८०

८ असार प्युठान।यतिबेला प्युठानमा बिना सुचना बेला-बेलामा झ्याप्प–झयाप्प बत्ती जान थालेको छ।लोडसेडिङको झल्को दिने गरी बिहानको समय भन्दा रातको समयमा बढी बत्ति जान थालेको हो।

प्युठानमै उत्पादन भएको बुटवल पावर कम्पनीले वितरण गर्दै आईरहेको छ ।आफ्नैं जिल्लामा उत्पादन भएको विद्युतले ग्राहकहरुलाई निकै सास्ती दिन थालेको छ।

"ग्राहकहरु साना तथा मझौला उद्योग एवंम् होटल व्यवासाय गर्नेहरुलाई बढी सास्ती खेप्नु परेको व्यवासायि प्यार अलि खानले बताए।"रातिको समयमा अघोषित रुपमै बिजुली जाने गरेको छ।" उनी भन्छन-"दिउसो तापक्रम बढेर घरको भित्ताहरुपनि तातेका हुन्छन,नुहाउँदा पनि पानी तातेर आऊछ,सबै काम सकेर सुत्न खोज्दा बत्ति झ्याप्प–झयाप्प जाने आउने हुँदा निन्द्रा नपुग्ने र काममा गर्ने जाँगर समेत लाग्दैन।”  अचानक बिजुली जाने र आउने गर्दा घरमा रहेका बिद्दुतीय सामग्री समेत बिग्रने समस्या सर्वसाधारणले भोग्नु परेको उनी बताउछन।

यता बुटवल पावर कम्पनि लिमिटेडका प्रमुख शोभाकर पन्त भन्छन–"नदीमा पानीको वहाव कमि हुनु, गर्मीको कारण विद्युत बढी खपत हुनु ,भोल्टेज नपुग्नु, हावाहुरीले गर्दा प्रमुख प्रसारण लाईनमा समस्या आउदा

यो समयमा धेरै बत्ति जाने गरेको छ।" खपत बढी उत्पादन कम हुँदा यस्तो समस्या आएको बताउदै पानीको वहाव बढेसंगै बिजुली जाने समस्या अन्त्य हुने प्रमुख पन्तले बताए ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्