असार ७ ,प्यूठान । ‘राष्ट्रिय स्वाधिनताका लागि तपाईको अमुल्य योगदान तपाईको हस्ताक्षर किन ? ’ भन्दै युवा संगठन नेपाल जिल्ला कमिटि प्यूठानले हस्ताक्षर संकलन गरिरहेको छ ।
असार २ गते प्यूठानको सदरमुकाम खंलगाबाट हस्ताक्षर संकलन अभियान सुरु गरेको युवा संगठन नेपालका केन्द्रिय सदस्य एवं जिल्ला ईन्जार्ज वीरबल केसीले बताए । युवा संगठन नेपाल केन्द्रीय कमिटिको छैठौं पूर्ण बैठकको निर्णयलाई कार्यान्वयन गर्दै हस्ताक्षर संकलन अभियान थालेको के.सी.ले जानकारी दिए ।
एमसीसी सम्झौता खारेज गर्न र देशलाई मुक्त गर्न, नेपालको लुम्बिनी क्षेत्र समेटी भारतीय साम्राराज्यवादले कथित सांस्कृतिक नक्सा प्रकाशन गरेको हुंदा उक्त खारेजका लागि र महंगी, भ्रष्टाचार, कमिसन, लघुवित्त र मिटर व्याजीहरुको ज्याजतिको विरुद्ध हस्ताक्षर संकलन गरिएको जिल्ला इन्चार्ज केसीले बताए ।
खंलगा, बाग्दुला, विजुवार, जुम्री, चकचके, नयाँगाँउ लगायतका ठाउँहरुमा हस्ताक्षर संकलन भइसकेको र शुक्रबार भिंग्रीमा हस्ताक्षर संकलन गर्ने आयोजकले जनाएको छ । प्यूठान जिल्लाबाट २ हजार व्यक्तिको हस्ताक्षर संकलन गरिने बताउदैं यो अभियान असार ८ गते सम्म सञ्चालन हुने के.सी.ले बताए । सेतो कपडामा हस्ताक्षर संकलन गरिएको छ ।
यतिवेला (विप्लव) निकट नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले देशव्यापी रुपमा हस्ताक्षर संकलन गरिरहेको छ ।