समय : १२:२३ pm | आइतबार , चैत्र ३ गते २०८१

परम्परागत पेसा जोगाउन आरन सामाग्री वितरण

स्वर्गद्वारी अपडेट | असार १ गते २०८०

१ असार प्युठान । दलितहरुले परम्परा देखि गर्दै आएको आरन पेसालाई प्रोत्साहन गर्न सामग्री वितरण गरेको छ ।

माण्डवी गाउँपालिका-१ तिराममा दलितहरुले परम्परागत गर्दै आईरहेका आरन पेशामा आवद्ध भएका दलितहरुलाई आरन सामग्री बितरण गरेको छ ।शुक्रबार एक कार्यक्रमका बिच सामाग्री वितरण गरिएको वडा अध्यक्ष बाम बहादुर बुढाले बताए। गत आर्थिक वर्ष वडाको पुँजीगत तर्फ विनियोजित बजेट रकम रु.५० हजार मार्फत आवश्यक सामाग्रीहरु खरिद गरि बितरण गरिएको वडा अध्यक्ष बुढाको भनाइ छ।परम्परागत पेसालाई बचाउने उद्देश्यले गरिएको कार्यक्रमबाट विगत लामो समय देखि सो पेसालाई अङ्गालदै आउनु भएका ५ जना दलितहरु आवश्यक सामाग्री सहित सम्मानित भएका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्