प्युठान । प्युठान नगरपालिका ८ खप्रिङखोला निवासी सीमादेवि घर्तिले तरकारी बेचेर ६ जना परिवार पाल्दै आएकी छिन ।

घर्ति हरेक दिन प्युठान नगगरपालिका ४ जुम्रि चोकमा रहेको आपको बोटको मुनि छाहरीमा बसेर तरकारी बेच्दै आएकी छिन । तरकारी आफुले उत्पादन गरेको र बाहिरबाट पनि लिएर बेच्ने गरेको घर्तिले स्वर्गद्वारी अपडेटलाई बताइन । उनीले मौसम अनुसार तरकारीहरु विक्रि गर्दछिन । अहिलेको समयमा बोडि , सेवि , कटहर , टमाटर , लौका , बन्दा गोवी , हरियाँ मकै , तिते करेला बेचिरहेको उनले बताईन । उनी हरेक दिन तरकारीबाट एक हजार आम्दानी गरेको बताईन । तरकारीको आम्दानीबाट मासिक रुपमा तिस हजार आम्दानी गरेको समेत पारिवारिक स्रोतले जनाएको छ ।

परिवारमा ७ जनामा जेठी छोरीको विहे भएकाले अहिले ६ जनामा दुई छोरी ,दुई छारा , श्रीमान र आफु रहेको घर्तिले बताइन । छोरीहरुमा एटाले १२ कक्षा पास, अर्की एस ई.ई दिएर बसेको र छोराहरु बर्डिङमा अध्ययन गर्दै गरेको बताईन । घर्तिले भनी परिवारमा शिक्षामा खर्च तथा परिवारको आवश्यकताहरु तरकारी बेचि पुरा गर्दै आइरहेको घर्तिको भनाई रहेको छ । तरकारी उत्पादनमा तथा बाहिरबाट ल्याउन श्रीमानले सहयोग गर्ने गरेको बताएकी छिन । केही समय पहिले उनी खप्रिङखोला बाट तरकारी लिएर जुम्रि आउदा बाग्दुलाको रानीकुलामा अटो पल्टिदा दायाँ हात नचल्दा बुटवल गएर उपचार पछि अहिले केहि मात्रमा चलाउन बनेको उनी बताउछिन ।

त्यस्तै यस ठाउँमा हरिँया मकैहरु पोलेर बेच्दै गरेको पाइन्छ । जुम्रीको विष्णु बस्नेत दश दिन देखि मकै बेच्दै आएकी छिन । उनी आफ्नै घरमा लगाएको हरियाँ मकै बेच्दै आएकी हुन । उनीले दिनमा छ सय रुपैँया सम्म आम्दानी गरेको बताइन । मकै खाने रम्दीका दुर्ग बहादुर गहतराजले मकै एकदमै राम्रो र स्वादीलोमा मिठो भएको बताए ।

त्यस्तै अर्की जुम्रिकी कल्पना डागीले मकै बेच्न विहिवार बाट सुरु गरेको एकदमै राम्रो भएको बताइन । परिश्रम गर्ने हो भने जुनसुकै पेशा व्यवसाय अङ्गाले पनि सफल बन्न सकिन्छ भन्ने उदाहरणका पात्र हुन यी तीन कृषक ।
