समय : ०२:१० am | शनिबार , श्रावण ४ गते २०८१

होटल व्यवसायीहरु मर्कामा

राधिका भुषाल | जेठ ३० गते २०८०

३० जेठ ,प्यूठान।भ्रमण वर्ष २०२० लाई सफल पार्न मुख्य भुमिका खेल्ने होटल व्यवसायी र यातायात व्यवसायीहरु हुन।तर यतिबेला तिनै होटल व्यवसाय धमाधम बन्द भईरहेका छन्।बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर हुनु ,ऋण पर्वाह नहुनु र होटल संचालन बाट आम्दानी नहुदा व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गरेर बस्नु परेको छ।

होटल व्यवसायी संघ प्युठानका अध्यक्ष जुद्द बहादुर कुँवरले जिल्लाका नौ वटै स्थानिय तहमा होटल व्यवसायी संघमा आवद्ध भएको करिब ६ सय ५० होटल व्यवसायीहरु रहेको बताए।२० देखी ३० लाखसम्म लगानी गरेर होटल सञ्चालन गरेका व्यवसायीहरु अहिले मारमा परेको उनको भनाई छ ।

घर भाडामा लिई होटल संचालन गरेका यति बेला धमाधम बन्द हुने अवस्थामा छन् भने कोहि बन्द भएका छन्।व्यापारिक केन्द्र मानिने बाग्दुला,बिजुवार र जुम्रीमा १ दर्जन जति होटल बन्द भएका अध्यक्ष कुँवरले बताए।"ब्यवसाय संञ्चालनका लागि जिल्लामा धेरै व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर व्यवसायी गरेका छन्,।" अध्यक्ष कुँवरले भने,–"बैंकको ब्याज तिर्न झन् गार्हो भएको छ।होटल संचालन गरि बैंक मार्फत ऋण तिर्दै र परिवारलाई पाल्दै आएका व्यवसायीहरु यतिबेला सोचे जस्तो आम्दानि नहुदा आफुहरु मारमा परेको सुनाउछन।"आम व्यवसायीहरुले व्यवसाय छोडेर विस्थापित हुने अवस्था सिर्जना भएको अध्यक्ष कुँवरले बताए।बैंक तथा वित्तिय संस्थाले केहि समयको लागि ब्याज मिनाह गर्ने हो भने थोरै भएपनि राहत हुने बताउछन।

"कोरोना पछि सबै भन्दा बढी मर्कामा परेको होटल व्यवासाय हो।" होटल व्यवासाय महासंघ नेपालका केन्द्रीय सचिव धनेश्वर भण्डारी भने - होटल पर्यटन सँग प्रत्यक्ष रुपमा जोडिएको ब्यवसायी पनि हो ,त्यसकारणले पर्यटन आवागमन भएनन् भने होटल व्यवासाय चलाएमान हुँदैनन्।" थप्दै उनि भन्छन त्यसमाथि थलिएको देशको अर्थतन्त्रले होटल व्यवसायीहरु मर्कामा परेका छन्।"  

माण्डवी गाउँपालिका होटल व्यवासायी संघका अध्यक्ष तुल्सी राम के.सी बताउछन – विश्वव्यापी रुपमा फैलिएको  कोरोना भाइरसको संक्रमण बढिरहंदा मुलुक डेढ वर्ष भन्दा बढी लकडाउन भएको थियो त्यो बेला सुस्ताएको ब्यापार अहिले सम्म उठ्न सकिरहेको छैन।-"अहिलेको अवस्था हेर्ने हो भने सरकारी कर्मचारीको तलव पनि समयमा आएको छैन ,ठेकेदारहरुको भुक्तानी पनि समयमा भएको छैन ,मुलुक आर्थिक मन्दी जस्तो छ।बैंकले ७-८ प्रतिशत ब्याजदरमा हामीले लिएको ऋण अहिले १५-१६ प्रतिशत पुगिसक्यो यस बिषयमा हाम्रो घर दैलोको सरकारले पनि हाम्रो पिडा बुझ्न सकिराखेको अवस्था छैन।

जिल्लामा धेरैले आफ्नै घरबाट होटल व्यवसाय सञ्चालन गर्दै आएपनि केहि ठूला होटलहरु भाडामा लिई गर्दै आएका छन्।जिल्लामा ६ सय ५० मध्ये दुई  सय बढी होटल भाडाकै घरमा सञ्चालित छन्।सबैतिरको अर्थतन्त्रमा ओरालो लागेको बेला अब गाउँबाट बजार झर्नेहरुले पनि टिफिन बोकेर आउन थालेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page