समय : ०४:५२ pm | आइतबार , माघ ६ गते २०८१

अव प्यूठानमा वर्षा र हावाको गति एकैसाथ मापन हुने

स्वर्गद्वारी अपडेट | जेठ २८ गते २०८०

राजेन्द्र रावत क्षेत्री प्यूठान्

जेठ २८ । अव देखी प्यूठानमा पहिलो पटक मौसम मापन यन्त्र मार्फत वर्षा मापन हुने भएको छ । माण्डवी गाँउपालिका वडा नं. २ रातापानी स्थित स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तरगत मौसम मापन यन्त्र जडान गरी वर्षा मापन गरिने भएको हो ।

टेक्नोलोजी फर इनर्जी इन्भाइरोमेन्ट प्राइभेट लिमिटेड काठमाण्डौद्वारा नेपालमै आविष्कार भई संयूक्त राष्ट्रसंघबाट पुरस्कृत समेत भएको मौसम मापन यन्त्र स्मार्ट कृषि गाउँ कार्यक्रम मार्फत गरिएका कृषि जन्य खेतीहरु स्तरिय उत्पादनमा मौसम मापनले महत्वपुर्ण सहयोग पुग्ने स्मार्ट कृषि गाउँ कार्यक्रम रातापानीका अध्यक्ष नारायण प्रसाद अधिकारीले बताए ।
अव यस यन्त्रबाट त्यस ठाउँको प्रत्येक घण्टाको तापक्रम,हावाको गति र दिशा, हावामा पानीको मात्रा र वर्षा मापन सम्वन्धि जानकारी प्राप्त हुने प्राविधिक भिम काफ्ले ले जानकारी दिए ।

रातापानी स्थित वडा कार्यालय भवनको छतमा जोडिएको मौसम मापन यन्त्रको चाबी कम्पनीको प्राविधिक टोली प्रमुख भिम काफ्ले बाट वडा सचिव घनस्याम अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
आज बिहान जडान गरिएको यन्त्रले समाचार तयार पार्दासम्मको तापक्रम ३३।७ डिग्री सेल्सियस, हावामा पानीको मात्रा ५० प्रतिशत , हावाको गति १ प्रति घण्टा, वर्षा सुन्य मिलिलिटर र दिशा ३१० एङ्गल मा रेर्कड भएको वडा कार्यालय रातापानीका प्राविधिक यज्ञ खड्का ले जानकारी दिए ।

One thought on “अव प्यूठानमा वर्षा र हावाको गति एकैसाथ मापन हुने

  1. कृषककाे लागि अत्यान्तै उपयाेगी हुनेछ

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्