देशभर संघ र प्रदेश निर्वाचनको माहोल सुरु हुँदा धन्चौरमा भने पहिरोको पिडितहरुको चिन्ता थियो। यहि असोज १९ गते परेको लगातार बर्षातको कारणले गाउँ नै बगायो,क्षण भरमै बस्ति सखाप पार्यो भकुन्डेमा ६ जनाले ज्यान गुमाउन पर्यो।
माण्डबी गाउँपालिका-२ धन्चौर बस्तीमा आजभन्दा ठीक ९ महिना अघि असोज १९ गते गाउँमाथिको पहाड खस्दा धन्चौरको सिङ्गो बस्ती बगायो।७ घर बस्नै नमिल्ने गरि भत्केको थियो भने ४० घर जोखिममा रहेको गाउँपालिकाले सार्वजनिक गरेको थियो।उत्त पहिरो गए संगै बिभिन्न सहयोगी संघ सस्थाहरुले पिडितहरुलाई सहयोग गरेका थिए।गाउँपालिकाले कर्मचारी ,जनप्रतिनिधि र शिक्षकहरुको पारिश्रमि बाट र अन्य संघ संस्थाहरुबाट करिव १५लाख जति प्रपोप ब्यस्थापन जम्मा भएको छ।तर धन्चौर पहिरोपीडितले अहिलेसम्म पनि राहत पाएका छैनन्।विपत्ति भोगेकै ९ महिना पूरा भइसक्यो ।
गाउँपालिकाको प्रपोप व्यस्थापन कोषमा १५ लाख रकम छ।पहिरो पीडितका लागि हिउँदे अधिबेशन ५० लाख रुपैया बजेट बिनियोजन गरेको थियो।पहिरो पीडितको नाममा दाताले सहयोग गरेको रकम पीडितको हातसम्म पुग्न सकेन।सरकारी खातामा जम्मा भएको रकम अझै रोकिएको छ।पहिरो पिडित रामकली नेपालि भन्छिन –"गोठमा बसेर गुजारा चलाएको ९ महिना बितिसक्यो तर अझै राहत पाईएन।"
गाउँपालिका दैवी प्रकोप व्यवस्थापन समितिको खातामा जम्मा भएको सहयोग रकम वितरण गर्न तत्कालीन समितिले सकेन।अर्का पहिरो पिडित राम बहादुर सार्की बताउछन –"घर थियो र कमाउने ,जमाउने मन लाग्थ्यो अब घर सकियो,सबै सकियो के का लागि कमाउने घर दैलोको सरकार भने मौन बसेको देख्दा अचम्म लागेको बाताउछन।"
प्रदेश मुख्यमन्त्रि सहित कार्यालयका सह-सचिवस्तरीय टोलीले समेत स्थलगत अध्ययन गरेको थियो।टोलीको प्रतिवेदन अनुसार धन्चौर बस्ति नै बस्न नमिल्ने सार्वजनिक गरेको थियो।सिङ्गो पालिका नै आँसुमा डुब्ने गरी भएको धन्चौरले पीडा व्यहोरेको छ।माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले एक टेलिभिजन बोल्दै उनले भनेका थिए-"संघ र प्रदेशले गर्ने काम अहिले सम्म गरेन ,हामीले पटक पटक अड्डा धाउदा पनि सकिएन स्थानीय सरकारले गर्ने हर प्रयास गरेको अधिकारी बताउछन।"
स्थानीय सरकार जनताको नजिको सरकार भएपनि पीडितले राहत पाउने अझै सुनिश्चितता हुन सकेन।पालिकाको दैवी प्रकोप व्यवस्थापन समितिका संयोजक रहेका धनेन्द्र कार्कीले संघ र प्रदेशले काम गर्न ढिलाई भएपनि हाम्रो तर्फ बाट गर्नु पर्ने राहत व्यस्थापन भने पक्कै ढिलो भएकै हो संयोजक कार्की बताउछन ।अब बर्खा सुरु हुन लागिसक्यो पिडितले कति सास्ती भोग्नु पर्ने हो,राजनीतिक भाग बण्डा नमिलेको हो कि या प्रक्रिया नमिलेको हो त्यो पालिकाले नै बुझोस।