समय : ०४:०४ am | शनिबार , श्रावण ४ गते २०८१

विद्यालयमा शिक्षा प्रभावकारी बनाउन कम्प्युटर वितरण

सन्तोष सुनार | जेठ २६ गते २०८०

प्युठान । सरुमारानी गाउँपालिका- ३ मा रहेका विद्यालयहरुमा शिक्षा प्रभावकारी बनाउन कम्प्युटर वितरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमको विच वडामा रहेको बालविकास देखि मावि सम्म रहेका ८ वटा विद्यालयका प्रधानाध्यापकहरुलाई सहभागि गराइ टेलिभिजन प्रदान गरिएको वडा अध्यक्ष भीम बहादुर मर्साग्ङीले जानकारी दिनुभयो । बालविकासमा पढ्ने विद्याथी तथा बच्चाहरु रुने , पढ्न मन नगर्ने, घर फर्कने गरेकाले मनोरञ्जन दिई पढाईमा पारदर्शीता ल्याउने उदेश्यले टेलिभिजन वितरण गरिएको अध्यक्ष मर्साग्ङीले बताउनुभयो । ८ सेट टेलिभिजन वितरण गर्दा १ लाख ५० हजार लागतमा सबै विद्यालयलाइ टेलिभिजन प्रदान गरिएको हो । कम्प्युटर वितरण गर्दा शिक्षामा आएको बजेटबाट विनोजित गरी व्यवस्था मिलाएको वडाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page