१५ जेठ। प्यूठानमा भ्रष्टाचार विरुद्ध विरोध सभा गरिएको छ । सोमवार प्यूठानको प्यूठान नगरपालिका ४ बिजुवार मित्रमणी चोकमा “समृद्धिका लागि परिवर्तन,परिवर्तनका लागि शुरूवात,शुरूवातका लागि म ” ‘समुन्नत रास्ट्र निर्माण हामी सबैको दायित्व’ मुल नाराका साथ नागरिक अभियान प्यूठान द्वारा आयोजित भ्रस्टाचार र विकृति विरुद्ध सडक संघर्ष विरोध गरेको हो

विरोध सभामा जुम्री देखि विजुवार मित्रमणी चोक सम्म नागरिक हरुले प्लेकार्ड बोकि ¥याली लगाउदै सडक कविता बाचन गरेका थिए । त्यस्तै कार्यक्रममा भ्रस्ट हरुलाई कारबाही गर ,जागौ ढिला भैसक्यो भ्रस्टले देश खाइसक्यो,विकृति र बेथिति विरुद्ध सम्पूर्ण नागरिक एक हौ भनि प्लेकार्ड सहित ¥याली लगाएका थिए।

गणतन्त्र दिवसको अवसर पारी सम्पूर्ण नागरिकहरुको उपस्थितिमा सोही कार्यक्रम गरिएको हो । नागरिक रामप्रसाद पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको हो । वडाका नेताहरुले अपराधी,भ्रस्टाचारी जोगाउने खेल भएको र जनतालाई सास्ती भैरहेको विषयलाई लिएर सम्पुर्ण नागरिकहरुलाई गणतन्त्रको महसुस र नेताहरुलाई खबरदारी गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको नागरिक अभियान प्यूठानका अध्यक्ष सुमन सुवेदिले जानकारी दिनुभयो ।
सडक संघर्ष कार्यक्रममा विभिन्न निकायका समाजसेवी एवं नागरिकहरुको उपस्थिति रहेको थियो कार्यक्रमको सहजिकरण अध्यक्ष सुवेदीले नै गर्नु भएको थिए ।

