प्युठान । प्युठान नगरपालिका ३ मा रहेको मुक्ति माध्यमिक विद्यालय रातामाटाका विद्यार्थीहरुको लागि इट्टा बनाउने तालिम सञ्चालन भएकोे छ।
आईतवार “ एक शिक्षण संस्था एक उद्यमशिलता “ मुलनाराका साथ सञ्चालन गरिएको तालिम एक कार्यक्रम विच प्युठान नगरपालिका ३ का वडाअध्यक्ष तथा नगरप्रवक्ता सुमन राज क्षेष्ठले उद्घाटन गर्नु भएको हो । श्रेष्ठले शिक्षा भनेको जीवनमा अन्धाकार हटाई उज्यालोको ज्योती फैलाउने माध्यम रहेको बताउदै विजयनगरमा रहेका विपन्न परिवारका सदस्यहरुलाई विशेष ध्यान दिई शिक्षाको व्यस्था गरिदिने उहाँको भनाई रहेको छ। तालिम विद्यालयमा प्राविधिक कक्षा नौ, दश, एघार र बाह्र मा अध्ययनरत विद्यार्थीहरुलाई तालिम दिएको प्रधानाध्यापक दामोदर विष्टले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।
इन्टर लक इट्टा, पार्किङ इट्टा र साधरण इट्टा गरि तिन प्रकारका इट्टा बनाउने तालिम विद्यार्थीका लागि तालिम दिएको प्र.अ. विष्टले बताउनुभयो ।
तालिमबाट इट्टा बनाउ सिके पछि विद्यार्थी र शिक्षकबाटहरुले इट्टा बनाउने र विक्री वितरण गरेपछि आर्थिक लाभ लिई विद्यार्थीले पढ्दै र कमाउदै गर्ने बाटो बन्ने मार्ग निर्देशन गरेको विद्यालय स्रोतले जनाएको छ। तालिमको प्रशिक्षण विउट अप नेपाल कम्पनीका अपरेटर काठमाडौंका विर वहादुर नेपालीले दिनुभएको छ ।तालिमका लागि आर्थिक पयुठान नगरपालिकाले पाच लाख पच्चिस हजार दिएको छ । सोहि विद्यालयमा तालिम ४ दिन सम्म सञ्चालन हुुने छ ।