समय : ०६:४२ am | शुक्रबार , चैत्र ८ गते २०८१

व्यूरो स्तरिय राजनैतिक तथा वैचारिक स्कुलिङ कार्यक्रम सम्पन्न

सन्तोष सुनार | जेठ ५ गते २०८०

जेठ ५, २०८० ।नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्विनी व्यूरोद्धारा सन्चालित पाँच दिने व्यूरो स्तरिय राजनैतिक तथा वैचारिक स्कुलिङ कार्यक्रम दर्भान बजार सरसफाई गर्दै सम्पन्न भएको छ ।

प्यूठानको सरुमारानी गाँउपालिका स्थित दर्भानमा जेठ १ गते देखी सन्चालित व्यूरो स्तरिय राजनैतिक तथा वैचारिक स्कुलिङ कार्यक्रमको अन्तिम दिन शुक्रवार दर्भान बजार सरसफाई गर्दै सम्पन्न भएको हो । स्कुलिङ कार्यक्रममा माक्र्सवादका तिन संघठक अंगहरु दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद अन्तरगत दूई विश्व दृष्टिकोण, उत्पादन तथा अर्थ प्रणाली र राज्यसत्ता स्थापना,रक्षा र विकास सम्वन्धी एकिकृत जनक्रान्तिको स्कुलिङ पठ्यक्रम अनुसार पढाई भएको नेकपा पोलिट व्यूरो सदस्य तथा केन्द्रिय स्कुल विभाग प्रमुख क.ध्रुव सीले बताएका छन् ।

कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य तथा यूवा परिचालन विभाग इन्चार्ज क.असल सी ले क्रन्तिकारी विचार सिद्धान्त तथा राजनैतिक कार्यदिशा वदलिदो समय अनुसार विकास र रक्षा गर्दै अन्तत वैज्ञानिक समाजवाद स्थापना गर्न शसस्त्र क्रान्ति नै एकमात्र विकल्प रहेकोले हातहरु शसस्त्र हुनुभन्दा पहिले आफ्ना मन मष्तिक तथा दिमागलाई शसस्त्र बनाउनु पर्नेबताए । त्यस्तै नेकपा का केन्द्रिय सदस्य तथा केन्द्रिय स्कुल विभाग सदस्य क.प्रयास सी ले नेपालमा दलाल संसदिय व्यवस्था असफल भैसकेकोले विभेद रहित सुन्दर र समृद्ध मानव जातीको व्यवस्था वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न पहिलो मापदण्ड भनेको मानसिक समृद्धी हो । त्यसैले पार्टीका अगुवा नेता, कार्यकर्ता पंक्ति राजनैतिक तथा वैचारिक रुपमा समृद्ध र शसक्त हुनुपर्ने बताए ।पाँच दिने स्कुलिङमा केन्द्रिय स्कुल विभागद्धारा निर्माण पाठ्यक्रम अनुसार माक्र्सवादका तिन संघठक अंग मध्य दर्शनशास्त्रको विषय अन्तरगत दर्शनशास्त्रको परिचय,दर्शनशास्त्रले हल गर्नुपर्ने प्रश्न र दुई विश्वदृष्टिकोण,द्धन्द्ववादको नियम,बदलिएको वस्तुको रक्षा र विकास सम्वन्धि केन्द्रिय स्कुलिङ विभाग सदस्य क. प्रयास सी र पस्चिम लुम्विनी व्यूरो स्कुलिङ विभाग सदस्य क. राजेन्द्र सी , राजनैतिक अर्थशास्त्र अन्तरगत बैज्ञानिक समाजवादी अर्थशास्त्रको परिचय,परिभाषा,वर्गिय पक्षधरता,उत्पादन, उत्पादनका साधन र उद्वेश्य,वस्तुको मुल्य निर्धारणमा श्रमको भुमिका र ज्याला, कम्यूनिष्ट कार्यकर्ता र अर्थ सम्वन्ध सम्वन्धि नेकपा का पि वि एम तथा केन्द्रिय स्कुलिङ विभाग प्रमुख क. धुर्व सी ले पढाएका थिए । त्यस्तै बैज्ञानिक समाजवाद अन्तरगत मानव र मानव समाज विकासका आधार, मानव समाजको विकासक्रम,सामन्तवादी र पुजीवादी समाजका चरित्र तथा विषेशता,नेपाल कम्यूनिष्ट पार्टीको राजनितिक कार्यदिशा,संगठन निर्माण परिचालन तथा अवधारणा र असल कम्यूनिष्ट किन र कसरी बन्ने भन्ने सम्वन्धि नेकपा का पि वि एम तथा केन्द्रिय यूवा परिचालन विभाग इन्चार्ज क. असल सी , नेकपा पि वि एम तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज क. सञ्जिव सी र पस्चिम लुम्विनी व्यूरो स्कुलिङ विभाग सदस्य क. विकल्प सी ले पढाएको स्कुलिङ विभाग प्रमुख धुर्व सी ले जानकारी दिए ।
महान जनयुद्वका शहिदहरु डिला के सी , पुतला रायमझी, मुसाराम धामी र जोख ब. पुन लगायतका शहिद परिवारहरुलाई स्कुलिङ कार्यक्रमको व्यवस्थापनमा सहयोग पु¥याएकोमा सम्मान पत्र सहित नेकपा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज क. सञ्जिव सी ले सम्मान गरेका थिए । स्कुलिङमा सहभागीहरु मध्य पुर्वी कपिलवस्तुबाट क.रेशम सी , पस्चिम कपिलवस्तुबाट क.उशा सी,दक्षिण दाङ्गबाट क.सुर्य सी, प्यूठानबाट क.यांक सी र अर्घाखँची बाट क. मिसन सी ले कार्यक्रममा अनुभुतिजन्य प्रतिक्रिया मनतव्य व्यक्त गरेका थिए । नेकपा का पि वि एम तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज क. सञ्जिव सी को अध्यक्षतामा भएको व्यूरो स्तरिय स्कुलिङ कार्यक्रमको नेकपा केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज क. जागृति सी ले सन्चालन गरेका थिए । स्कुलिङ कार्यक्रमको अन्तिम दिनमा दर्भान बजार सरसफाई गरिएको थियो जुनकार्यबाट स्थानिय जनता अत्यन्तै प्रभवित र खुसी भएको व्यूरो इन्चार्ज क. सञ्जिव सी ले जानकारी दिएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्