प्युठान , प्युठान देखि काठमाण्डौको भाडादर घटेको छ । नेपाल आयल निगमले बुधवार रातिदेखि डिजेलको मूल्य लिटरमा १० रुपियाँले घटाएसँगै लामो दुरीका सवारीसाधनको भाडा घटेको हो ।
यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखी लागू हुनेगरी भाडा समायोजन गरेको हो ।
भाडा समायोजन पछि प्यूठान(भालुवाङ देखि काठमाण्डौको ४ सय ३२ किलोमिटर दुरीको भाडदर ३४ रुपियाँले घटेको छ ।
भाडादर घट्नु पहिले प्यूठान(भालुवाङ देखि काठमाण्डौसम्मको भाडादर १३ सय ७९ थियो भने बुधबारदेखि १३ सय ३५ कायम गरिएको छ।
प्युठान देखि काठमाण्डौको भाडादर घट्यो

