समय : १२:४६ am | शुक्रबार , श्रावण १ गते २०८२

फोप्लि स्वास्थ्यमा आमा समुह गठन

स्वर्गद्वारी अपडेट | वैशाख २८ गते २०८०
सन्तोष सुनारप्युठान। जिल्लाको नौबहिनी गाउपालिका ८ फोप्लि  स्वास्थ्य चौकीमा विभिन्न क्षेत्रलाई समेटेर ४० नयाँ सदस्यहरु आमा समुह गठन गरिएको छ। विहिवार फोप्ली स्वास्थ्य चौकी अन्तर्गत रहेको कुर्झेनी ,काहुले,गोर्ही क्षेत्रलाई समेटेर ४० सदस्य रहेको नयाँ स्वास्थ्य आमा समुह गठन गरिएको स्वास्थ्य चौकिका शाखा प्रमुख प्रकाश घिमिरेले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभएको छ । गठन भएको नयाँ समुहको नाम सकृय स्वास्थ्य आमा समुह रहेको छ। जसले उहाँहरुको स्वास्थ्य सेवाको पहुँचलाई बृद्दि गर्नुको साथै उहाँहरुले पनि समाजका लागि मिलेर अगाडी बढ्ने अठोट गर्ने उद्देश्यले गठन गरिएको शाखा प्रमुख घिमिरेले बताउनुभयो । स्वास्थ्य चौकीदेखि टाढा रहेको पहिले उक्त ठाउमा छायाँमा परेको थियो अब त्यो अवस्था रहेको छैन । सन्चालन गरिएको अभियान आवस्यक परेको ठाउँमा गठन गर्ने र भएकोहरुको सँख्या बढाउने र उहाँहरुको जिम्मेवारी पनि तोक्ने यो अभियान निरन्तर रहने छ। आमा समुहको सदस्यहरु प्राय सबै घरका बस्नु भएका आमाहरु तथा व्यक्तिहरु रहनु भएको छ। गठन गरिएको समुहवाट विभिन्न निर्णयहरु तथा मागहरु रहेका छन्। गर्भवती महिलाहरुलाई तथा अन्य आकस्मिक बिरामीहरुलाई स्वास्थ्य सँस्था सम्म पुर्र्याउनको लागि स्ट्रेचरको व्यबस्था हुनुपर्ने,बाटोमा गोरेटो बाटोहरु रहेकाले एकदमै साँघुरो र अप्ठेरो भएकोले गर्भवती र बिरामिहरुलाई उद्दार गर्न असहज भएकोले आउने आर्थिक वर्षमामा विस्तार हुनुपर्ने,स्वास्थ्य आमा समुहको भवन निर्माण हुनुपर्ने रहेका छन । तयस्तै स्वास्थ्य आमासमुह समाज परिवर्तन गर्ने विशेष उदेश्य भएकोले सबैलाई ड्रेसको व्यावस्था गर्नको लागि अनुरोध गरिएको छ । .विभिन्न प्रकारका अनुदान,सिपमुलक तालिमहरु स्वास्थ्य आमा समुहलाई प्राथमिकतामा राख्ने सुरक्षित रुपमा सँस्थागत प्रसुती गराउन र गराउनको लागि आपतबिपतमा परेका गर्भवति महिलाहरुलाई उद्दार गर्न गठन गर्ने , बैदेशिक रोजगारीका लागि होस् या अन्य कामले पुरुषहरु घर छाडेर बाहिर रहेको र गर्भवति महिलालाई प्रसब पिँडा हुँदा उक्त गर्भवती महिलाहरुलाई स्वास्थ्य सँस्था सम्म पुर्याउन कठिन तथा जोखिम भएका आमा र बच्चाको ज्यान नै जान सक्ने हुनाले प्रत्येक टोलमा आपतबिपतमा परेका गर्भवति महिलाहरुलाई गठन गर्ने र टोलटोलमा उक्त टिमको लागि क्याप्टेन÷लिडर र सहायक क्याप्टेन÷सहायक लिडरहरु गठन उक्त टिमलाई सरकारबाट प्राथमिकतामा राखेर कार्यक्रमहरु ल्याउन माँग गर्ने स्वास्थ्य आमा समुहहरुको व्यानर माँग गर्ने कतै कुनै सँघ सँस्थाबाट तारबारको व्यवस्था भएमा स्वास्थ्य आमा समुहहरुले वडा न. ८ को बिभिन्न ठाउँहरुमा करिव ५०० बर र पिपलको रुख रोप्ने गर्भवति भएको बेला मोवाईल नभएर उद्धारको लागि फोन गर्न नपाउने गर्भवति महिलाहरुलाई घुम्तीरुपमा मोवाईलको र सिमको व्यवस्था गर्नको लागि पहल गर्ने स्वास्थ्य आमा समुहहरुलाई सामाजिक सेवामा समर्पित गर्नको लागि आगामी योजनाहरु बनाउने आफुले सक्ने काम आफै निःशुल्क गर्ने र नसकेको र समाजका लागि एकदमै प्राथमिकतामा राखेनुपर्ने सावास्थ्य सम्बन्धि योजनाहरु माथिल्लो निकायमा माँग गर्ने स्वास्थ्य चौकीबाट नै चौविसै घन्टा आकस्मिक सेवा प्रदान हुने व्यवस्था गर्नको लागि माथिल्लो निकायमा माँग गर्ने मागहरु सम्पुर्ण स्वास्थ्य आमा समुहबाट उठाई माँग पुरा गराउन पहल गर्ने अस्पतालबाट सल्यक्रिया गरि आएका तर स्वास्थ्य चौकी सम्म सेवा लिन आउन नसक्ने र आकस्मिक र शारिरीक असक्तताका कारणँ स्वास्थ्य चौकी सम्म आउन नसक्ने कुनैपनि सेवाग्रीहीहरुलाई घरमै सेवा दिनको लागि सिस्टम बनाउन माथिल्लो निकायमा माग तथा समन्वय गर्ने उदेश्य रहेको छन ।गरिएका निर्णय तथा मागहरु वडा कार्यलय देखि गाउपालिकाले सहयोग गरी पुरा गर्ने आशा गरेको गठित समुहमा रहेका सदस्यहरु तथा स्थानियले बताएका छन। स्वास्थ्य छ र सबै छ भन्ने तपाइ हामीलामई थाहा छ गाउपालिका तथा वडा कार्यलयको विशेष ध्यानकेन्द्रि रहोस ।

यो पनि पढ्नुहोस्