सरुमारानी गाउपालिकाको आयोजना तथा आर्थिक सहयोग र लमहि आँखा अस्पतालको प्राबिधिक सहयोगमा गाउपालिकाको १देखि ६ नम्बर वडा सम्मको गाउवासीहरुमा परिक्षण गर्दा उक्त समस्याहरु देखिएको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिनुभयो । आखामा मोतिविन्दु देखिएको ८७ जना मध्ये पुरुष ५२ जना र महिला ३५ रहेको स्वास्थ्य शाखा प्रमुख रायमाझीले स्वर्गद्वारी अपडेटलाई बताए । त्यस्तै स्वास्थ्य सेवा केन्द्रमा गर्भवती महिलाहरुको लागि निस्शुल्क भिडियो एक्सरे ग्रामिणअल्ट्रासाउन्ड १२७ जना महिलाले सेवा लिएका छन ।




