समय : ०५:०४ pm | बिहिबार , असार २६ गते २०८२

सरुमारानिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | चैत्र २७ गते २०७९
 स्वर्गद्वारी अपडेटप्युठान सरुमारानी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न  गरेको छ। आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न गरेको छ।चौमासिकमा सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिक सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री देविराम पाठक ले  कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।दोस्रो चौमासिक प्रतिवेदन प्रशासन शाखा प्रमुख लक्ष्मण आचार्यले पेश गर्नुभएको थियो।अन्य सहभागीहरुले गाउँपालिकाको समसामयिक गतिविधि, विकास निर्माण, बजार व्यवस्थापन, सेवा प्रबाह लगायत अन्य विषय बस्तुहरुमा जिज्ञासा, प्रश्न तथा सुझाव राख्नु भएको थियो। गाउँपालिकाका अध्यक्ष  झग बहादुर विस्वकर्मा र प्रमुख प्रशासकिय अधिकृतले उठेका सवाल तथा जिज्ञासाको जवाफ दिनुभएको थियो। साथै सार्वजनिक सुनुवाईको अवसरमा गाउँपालिकाले शुरुवातमा ल्याएको चौमासिक ई-बुलेटिनको यसै कार्यक्रम बिच विमोचन समेत गरिएको छ।आगामी दिनमा गाउँपालिकाको समसामिक विषय समेटिएको ई-बुलेटिन मासिक रुपमा प्रकाशित हुने समेत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूले पाठकले जानकारी दिनुभएको थियो । सरुमारानी गाउँपालिकाका  अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिका भित्र रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी, बुद्धिजिबि, ब्यापारी, होटल व्यवसायी लगाएत गाउँबासीहरुको उपस्थिति रहेको थियो । सरुमारानी गाउँपालिकाको आयोजना तथा स्काईल्याण्ड मल्टीमिडिया प्रा.लीको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।                  

यो पनि पढ्नुहोस्