समय : ०८:४४ pm | शनिबार , जेठ ३१ गते २०८२

स्वर्गद्वारी नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै

स्वर्गद्वारी अपडेट | चैत्र १३ गते २०७९
राधिका भुसाल। प्युठान।संघिय संरचना अनुसार स्थानीय तह भईसकेपछि साच्चिकै सरकारले महशुस दिनका लागि अहिले स्थानिय तहले जनतालाई प्रत्यक्ष रुपमा लाभ लिन सक्ने खालका निर्णयहरु अघि सारेको छ । लामो समय देखि मानसिक रोगका सिकार भएका स्वर्गद्वारी नगरपालिकाका ९जना बिरामीहरु नगरपालिकाले काठमाडौँ लगेको छ। नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका मानसिक बिरामीहरुलाई उपचारको लागि काठमाडौँ  पठाइएको नगर उपप्रमुख मिनराज राना मगरले बताए।  “हाम्रो नगर भित्र रहेका मानसिक रोगका सिकार भएकाहरुलाई सबै वडा बाट विवरण जम्मा गरेर नगरपालिको सम्पूर्ण खर्चमा उपचारको लागी पाटन अस्पताल लग्दैछौ ।” नगर उपप्रमुख मगरले भने –“यस अघि पनि करिब १२ वर्ष सम्म सिक्रीले बाधेर राखेको बिरामी उपचारको क्रममै काठमाडौँ हुनुहुन्छ, एक जना  मानसिक बिरामी  निको भएर दैनिक काम धन्दामा लागेको उपप्रमुख रानाले जानकारी गराए।  लामो समय सम्म मानसिक रोगको उपचार गर्न नसकेकाहरुलाई स्वर्गद्वारी नगरपालिकाले अभिभावक बनेर सहयोग गरेको नगर प्रमुख टेक भण्डारीले जानकारी दिए।मानिस बाच्न पाउने नैसर्गिक अधिकार नगुमाउन भनेर यो निर्णय गरेको छौ प्रमुख भण्डारीले बताए।रुकमान रोका मगर स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ , हिमलाल पुन ,हेमराज वि .क ,केशव घर्ति मागर ,मनि घर्ति मगर ,तिलक रोका मगर ,सुरेन्द्र बोटे ,निमा खत्री ,र नर बहादुर खत्रीलाई उपचार गर्नको लागि काठमाडौँ लगिएको छ।९ जनालाई काठमाडौँमा रहेको मानसिक अस्पताल पाटनमा लगेर उपचारको सम्पूर्ण प्रक्रिया अगाडि बढाई फर्कने नगर उपप्रमुख मगरले स्वर्गद्वारी अपडेट लाई जानकारी दिए।  

यो पनि पढ्नुहोस्