समय : ०८:०४ am | मङ्गलबार , असार १६ गते २०८३

पत्रकारिता पेशा अत्यन्तै मर्यादित पेशा हो : नगर प्रमुख योगी

स्वर्गद्वारी अपडेट | चैत्र ३ गते २०७९

वासुदेव गिरी/ प्युठान

प्युठान ।प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगिले पत्रकारिता पेशालाई थप मर्यादित बनाउन सीप, दक्षता र योग्यता आवश्यक पर्ने बताएका छन् । शुक्रबार संचारकर्मीहरुका लागि डिजिटल पत्रकारिताको उद्घाटन गर्दै योगिले सूचना प्राविधि लाई प्रभावकारिता र बिश्वनियता बनाउन पहल थाल्नुपर्ने बताए ।पत्रकारितामा निकै चुनौती पनि छन् ।उनले भने, " चुनौती लाई चिर्दै मिडियालाई जनमैत्री र भरपर्दो बनाउन पत्रकारले आफुलाई जिम्मेवार बनाउनुपर्ने बताए।पत्रकारले उठाएको बिषयबस्तुले समाजलाई थप सकारात्मक दिशातर्फ अगाडि बढाउन सहयोग हुने खालको हुनुपर्छ । त्यस्तै नगरपालिकाका उप-प्रमुख देवेन्द्र वर्माले डिजिटल पत्रकारिताको माध्यमबाट स्थानीय तहले गरेका राम्रा कामको प्रचार गर्न सकेमा अरु पालिकाले सिको गर्न सक्ने बताए ।पछिल्लोपटक पत्रकारले राम्रो भन्दा नराम्रो कुराको पछि लाग्ने प्रबृत्ति बढेकोले त्यस्ता कुराको अन्त्य गर्दै अगाडि बढ्न पत्रकारलाई आग्रह गरे । खोजमुलक पत्रकारितालाई प्राथमिकता दिएर बिषयबस्तुको खोजी गर्नुपर्ने उनको भनाइ थियो । उनले जिल्लामा रहेका पत्रकारहरुको क्षमता बिकासमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । प्युठान नगरपालिकाको सहयोगमा पत्रकार महासंघ प्युठानले आयोजना गरेको ३ दिने तालीमको सहजीकरण पत्रकार रामजी दाहाल र मनिष पौडेलले गर्नुभएको छ।तालिमामा जिल्लाभरका क्रियाशील पत्रकारहरुको सहभागीता रहेको छ ।

यो पनि पढ्नुहोस्