स्वर्गद्वारी अपडेट प्युठान lस्वर्गद्वारी नगरपालिकाको कार्यालयबाट योजना सम्पन्न नहुदै रकम भुक्तानी भएको छ lस्वर्गद्वारी नगरपालिकाको ९ डाँडागाउँ स्थित आर्थिक वर्ष ०७८/७९ मा डाँडागाउँ सहरी स्वाथ्य केन्द्र भवन निर्माणमा योजनामा वडा कार्यालयबाट बिनियोजन गरिएको बजेट ३ लाख ५० हजार थियो lउक्त रकम योजना सम्पन्न नहुदै भुक्तानी गरेको एक स्थानीयले बताए-“उनले भने गत आर्थिक वर्षमा सम्पन्न हुने योजना थियो तर योजना सम्पन्न नहुदै रकम भुक्तानी भएको थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग खबर गरेको थियौ l”त्यसपछि अख्तियार बाट चिठी आएपछि सोमबार मात्र निर्माण सामग्री योजना स्थलमै राखिएको उनले जानकारी दिए lजुनस्थलमा भवन निर्माण हुने हो त्यो ठाउँमा पहिरोको कारणले गर्दा त्यो भवन बन्न सकेन,अब निर्माण हुने भवन ने.रा. प्राथमिक बिद्यालयको नजिक बन्ने भएको छ,तर निर्माण सामग्री खरिद भने असारमा मसान्तमै किनेर जुडापाटामा राखेको उपभोक्ता समितिको अध्यक्ष कुमारी बैजाली घर्तिले बताईन l ‘वडा कार्यालयमा बिल र योजना पुस्तिका र फोटो लगेर गए ,वडा प्राबिधिकले अनुगमन नगरी नगरपालिकामा जानुहोस भने पछि पालिका पुगेर रकम लिएको बैजालिले बताईंन l” गत आर्थिक वर्षको रकमले निर्माण सामग्रीहरु खरिद गर्ने निर्णय भएको र उक्त निर्माणस्थल सम्म पुग्ने बाटो अप्ठ्यारो र सामग्रीहरु,चोरी,हराउने हुदाँ हामीले त्यो स्थानमा सोमबार मात्र राखेको वडा प्राविधिक उमा महतराले बताईंन l आर्थिक वर्ष ०७९/०८० मा पनि यो योजनाको नाममा ३लाख रकम विनियोजन भएको छ,पहिलेको स्थानमा भवन निर्माण नगरी अब अर्को ठाउँमा बनाउने प्रविधिक महताराले बताईंन l