सन्तोष सुनार।स्वर्गद्वारी नगरपालिका अवस्थित स्वर्गद्वारी मन्दिरको प्रवेशद्वारमा राखिएको काफल हेर्दा मुखै रसाउने जस्तो देखिन्छन।मन्दिर आसपास क्षेत्रका गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाहरुले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् ।विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् ।गर्मी समयमा बजारमा काफलको माग अत्यधिक हुने गरेको छ।अन्य समयमा अरु नै पेशा गर्ने गरेको भए पनि महिलाले काफल पाक्ने मौसममा भने काफलकै व्यवसाय गर्ने गरेको बताउँछन्।