
८ बर्ष बाँधेर राखेको बिरामीको उपचार नगरपालिकाले गर्ने


सन्तोष सुनार,प्युठान lलामो समय देखि मानसिक रोगका सिकार भएका स्वर्गद्वारी नगरपालिका वडा-१ बाकसिङका बेगम बहादुरको स्वास्थ्यमा सुधार नआएपछि आइतबार स्वर्गद्वारी नगरपालिकाले उपचारको लागि काठमाडौँ लगेको छ l२०६६ सालदेखि बिरामी भई २०७२ सालदेखि करिब ८ वर्ष दाम्लोले बाँधेर राखिएका बेगम बहादुर पुनका छोरी हुकुमा पुन मगरले बताईन्।उनले भनिन –“ बुवाको उपचार गर्दा गर्दै सबै पैसा सक्किएको र केहि खेत बारी समेत बिक्रि गरेर पनि उपचार संभव नभएकाले बुवालाई यसरि घरमै बाधेर राखेको हो।”३ हप्ता अघि स्वर्गद्वारी नगरपालिको मेयर र उपमेयर आफै हाम्रो घरमा आएर बुवाको उपचार हामि गर्छौं भनेपछि हामि खुशी हुदै धन्यवाद समेत भनेको हुकुमाले बताईंन।आइतबार नगरप्रमुखकै साथमा उपचारका लागि काठमाडौँ लागिएको छ।बेगम लाई धेरै पटक उपचार गरे पनि निको नभएका कारण अस्वाभाविक रुपमा व्यवहार प्रस्तुत गर्न थालेपछि परिवारले खुट्टामा दाम्लोले बाँधेर राखेका थियो।उपचार गरेर पनि सन्चो नभएका ४४ वर्षीय बेगमलाई परिवारले बाधेर राखेको नगरप्रमुख टेक प्रसाद भण्डारीले भेटेपछि उनको उपचारको लागि नगरप्रमुख भण्डारीले बेगमलाई लिएर काठमाडौँ गएका छन।वडा अध्यक्ष मेघराज जिसीको समन्वयमा उनको पहिचान भएको थियो।
बेगम बहादुरसङ्गै नगरप्रमुखले स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का लोक बहादुर थापालाई पनि उपचार गर्नको लागि काठमाडौँ लगिएको छ।लोक बहादुर थापा पनि लामो समयदेखि मानसिक रोगका सिकार भएका थिए।लोक बहादुरलाई पनि वडा अध्यक्ष गिर बहादुर घर्तीको सहजीकरणमा उपचारको लागि लगिएको हो।बिरामी दुवै जनालाई काठमाडौँकोमा रहेको मानसिक अस्पतालमा पाटनमा लगेर उपचारको सम्पूर्ण प्रक्रिया अगाडि बढाई फर्कने नगर प्रमुख भण्डारीले स्वर्गद्वारी अपडेट लाई जानकारी दिए।
