जगत प्रसाद पोखरेल
प्रिय लिपुलेख लिम्पियाधुरा
जनतन साँधुरो बन्धनमा भएपनि
आज सानो देश फुक्का हुन् सकिरहेको छैन
मेरो मन वायु पंखी झैँ उडीरहँदा
यो देश अवस्था दर्दनाख सुन्दा
कुन नेपालीको मन रुदैन होला र
प्रिय महाकाली
जनतन साधुरो घेरा हुँदै
रोई बगिरहेछौ
देशको मेरोमाटो
हजारौ वर्ष नेपाली माटोमा
हुर्केका, बढेका र खेलेकाहरु
खेतवारी काम गर्दै
आफन्त संग रमाउंदै
बैतडी,डडेलधुरा तिरको लोकभाका
गित गाउँदैका क्षण
आज दोधारमा पर्दाको पीडा
नेपाली भूमिमा बिदेशीको रजाई देख्दा
यो मुटु मेरो पीडैपीडा र छियै छिया हुनुपर्दोरहेछ ।।
क्रमसः