समय : १२:१४ am | सोमबार , मंसिर २३ गते २०८१

स्वाभिमान ढल्दैछ – जगत प्रसाद

स्वर्गद्वारी अपडेट | श्रावण २५ गते २०८१

जगत प्रसाद पोख्रेल -

सिमा स्तम्भहरु खोज्दै

सिमाना हिडीरहेछु म

देशको स्वाभिमान खोज्दै

प्रतिदिन जनता रोईरहेछ

लिपूलेख लिम्पिया धुरा  

चूच्चे नक्सा कता हरायो ?

बलभद्रहरु अपमान

भईरहेछ यहाँ

सहिदको रगतको यहाँ

खोला बगिरहेछ

नेपालीको शिर निहुरिएको

यहाँ स्वाभिमान ढलेको छ

सत्ता प्राप्तिको लागि यहाँ

अनेकौ खेल चलिरहेछ

कहिले कता कहिले कता

बुझी नसक्नु कस्तो हुँदोरहेछ

स्वाभिमान ढल्दैछ यहाँ

बिदेशी प्रभुको स्वार्थमा यहाँ ।

राज्य सत्ता चलिरहेछ यहाँ

भक्ति थापाहरुको यहाँ

अस्तित्व हराईरहेको छ

नेपाली युवा युवात्ति

छटपटाइ रहेछन् यहाँ

रोजगार नाममा मानव तस्करीमा

रमाई रहेका छन् यहाँ

मेरो स्वाभिमान ढल्दैछ यहाँ । ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्