समय : ०९:३४ am | शनिबार , श्रावण १२ गते २०८१

सुन्दर बिहानीमा

लव कुमार अधिकारी | फागुन २९ गते २०८०

यो

सुन्दर बिहानीमा

तिमी हावा जसरी आउँछौं  

अनि तिम्रा याद चै

नदिले किनारलाई पर्खिरहे जस्तै

म हुनेछु ,

त्यो एक्लोपनमा

हराइरहेको हुन्छु,

जब तिमी प्रबेश गर्छौ  

दिमाग नै खलवल मच्याउछौं , 

त्यो साउनको  झरि झैँ  

तिम्रो मौनतामा डुब्दै

म रुमलिदै

सम्हालिन खोज्छु,

हावामा उडेको बादल जस्तै मनलाई

तिमी आँधिबेरी  बनेर आउछौ

अनि उडाएर लैजान्छौ  !

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page