समय : ०९:२१ am | शनिबार , श्रावण १२ गते २०८१

म आधा गृहणी: बबिता कर्माचार्य

लव कुमार अधिकारी | जेठ ५ गते २०८०

बबिता कर्माचार्य

म आधा गृहणी किनकी

म सिङ्गो गृहणी होइन

भात पकाउछु तर पस्केर दिन भ्यांउदिन

पाकेको भात छोराछोरीरिलाई खुवाउन सम्म पाँउदिन l

मलाई हिंड्न हतार हुन्छ ,

छोरीको पेट भोकै हुन्छ ,

 मेरो मन कस्तो अमिलो हुन्छ,

अघि हतार हतार निलेको चार गाँसले सन्तोष l

कत्ती दिन्न

उकालो चढेको घडीको सुईले खाएको थाल

पनि नधु भन्छ

छोरी मान्छेले जुठो भाँडा तेत्तीकै राखेर हिंड्न l

हुन्न संस्कार भन्छ

हिँड्दै जादा बाटो भरी सधैं टाउको भारी हुन्छ

घरका तिनै सम्झनाले

छोरी भोकै छ,

जुठा भाडा असरल्ल छ्न l

........ ......

म आधा गृहणी किनकी मेरा

सबै काम आधा अधुरा हुन्छन

मेरो श्रृङ्गार पनि आधा आधा हुन्छ

हतारमा सन स्कृन पनि दलिन मान्दैन l

कैले अफिस पुगेर लिपस्टिक दल्छु

कैले बाथरुममा कपाल कोर्छु

हिजो

जाँदा जाँदै केहि पर पुगेपछी सम्झिये

हत्तेरी दुध बसाको ग्याँस त निभाउनै भुलेछु l

आज जाँदा जाँदै मनमा खिन्नता छायो

हत्तेरी चार दिन भो बाथरुममा लुगा भिजाएर राखेको

आज पनि तेसै रह्यो बाटोभरी खिन्न हुँदै गएको l

अफिस पुगेपछी अर्को कारण खिन्न हुन्छु

आज पनि फेरि ढिलो भएछु

अफिस ढिलो पुग्ने म घर फर्किन भने छिटो गर्छु l

उहि घर बित्छ छोराछोरी बित्छ्न किनकी पुरै गृहणी

नभए पनि आधा त हुँ नै

सिङ्गो गृहणीले

आफ्नो कमाईले एक सरो लुगा फेर्न सक्दिनन l

होला

तर म आधा गृहणी यहाँ राम्ररी सास फेर्न सकिराको छैन

खै सिङ्गो गृहणीलाई गाह्रो छ होला कि आधा गृहणीलाई ?

मेरो मनमा आजभोलि येस्तै बिचार आउँछ

लुगा फेर्न नसक्नु सकस हो कि सास फेर्न नसक्नु ?

One thought on “म आधा गृहणी: बबिता कर्माचार्य

  1. सास फेर्न नसक्नु सकस हो तर
    पैसा कमाउन नसक्नु पनि सकस नै हो
    गारो छ हजुर कसरी बाच्नु

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page