समय : ०६:४५ am | आइतबार , भाद्र २३ गते २०८१

शिक्षित जनप्रतिनिधिले प्रविधिलाई प्रयोग गर्न सक्छन् – अध्यक्ष रोका

स्वर्गद्वारी अपडेट | जेठ १९ गते २०८१

प्युठान जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहमा  ६४ वडाहरु रहेका छन्।ऐरावती गाउँपालिका ६ वटा वडाहरु मिलेर बनेको छ।जसमध्ये  वडा नं ५ साबिक पकला र रस्पुरकोट  गाँउ विकास समितिका वडाहरु  पकला १ र २ रस्पुरकोट  १, २, ३, ४ र ५ मिलेर बनेको हो।ऐरावती गाउँपालिकाको वडा नं ५ को  कार्यालय रस्पुरकोट ४ घुइवाङ्गमा रहेको छ।उक्त वडाका अध्यक्ष चन्द्र बहादुर रोका मगरसंग स्वर्गद्वारी अपडेटले गरेको कुराकानी प्रस्तुत गरेका छौ।

तपाई वडा अध्यक्ष भएर काम गरिरहंदा कत्तिको सहज भएको छ ?

म निर्वाचित भएर आइसके पछि नियमित कामकाजका लागि अप्ठ्यारो महसुस गरेको छैन । कहिलेकाही केही समस्या आउछन् त्यसलाई सबैको प्रतिनिधित्व हुने गरेर बृहत छलफल गरी टुंगो लगाउने गरेका छौं । घरपरिवारमा त कहिलेकाँही समस्या आउछ यहाँ बस्ती समुदाय सबैलाई चित्त बुझाएर काम गर्नु प¥यो सबैलाई मिलाएर काम गरिरहेको हुंदा काम सहजै भएको महसुस गरेको छु ।

अध्यक्ष भएपछि जनताले महसुस गर्ने गरी के–के काम गर्नु भयो ?

अलिकति पढेलेखेका जनप्रतिनिधि भएपछि अहिलेको प्रविधिलाई केही हदसम्म प्रयोग गरेर काम गर्दा जनतालाई केही सहज हुने गर्दछ । कतै काम गर्ने क्रममा जनतालाई समस्या परेमा सिफारिस बनाइदिएर सम्बन्धित ठाउँमा इमेल गरिदिए पनि उनीहरुको समयको र आर्थिक बचत हुने गर्दछ । बढि जस्तो मातपोत नापी कार्यालयमा जाने सेवाग्राहीलाई कागजपत्र नमिलेर समस्या पर्ने गरेछ मलाई खबर भएसम्म उहाँहरुलाई काम नबनाइ फर्केर आउने वातावरण सिर्जना हुन दिएको छैन । यि यस्ता काममा  पनि जनताले महसुस गरेका छन् । जनताको प्रतिनिधि भइसकेपछि शिक्षा तथा अहिले प्रविधि प्रयोग गर्न सक्ने हुनुपर्छ । त्यसैगरी स्वास्थ्य, शिक्षा, खेलकुद, सडक, विद्युत, खानेपानी जस्ता विकास पूर्वाधारका कामलाई पनि सक्दो अगाडि बढाएको छु । गाउँपालिकाको खेलमैदान र ऐरावती पिकनिक पार्क  पनि हाम्रै वडा छ ।

वडा कार्यालय नियमित नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन ? तपाइको वडाको अवस्था कस्तो छ ?

मलाई लाग्छ यो समस्या सबै स्थानिय तहहरुमा छ । ऐरावती गाउँपालिकामा रहेका ६ वटा वडाहरु मध्ये ३ वटा वडामा मात्र सचिवहरु छन् । तिनीहरुले मिलाएर हेर्ने गरेका छन् । एउटा प्राविधिकले नै सचिवको काम गर्नु परेको छ  । कर्मचारीको अभाव हुंदा जनताले समयमा सेवा दिन सकिरहेका छैनौ सबै वडाहरुमा स्थायी रुपमा सचिवहरुको व्यवस्था भएपछि यो समस्याको अन्त्य हुनेछ ।

पार्क मन्दिर बनाउने नाममा जर्बजस्त सार्वजनिक जग्गा ओगट्ने काम भएको छ यसलाई तपाइको वडाले कसरी लिएको छ ?

सामुदायीक वनमा ऐरावती पिकिनिक पार्क बनाएका छौं । सबै लाभग्राही तथा स्थानियवासीहरुको सहमतिमा पार्क बनाएका हौं । ऐरावतीमा जबरजस्ती तरीकाले कुनै पनि ठाउँमा त्यस्ता संरचनाहरु  बनेका छैनन् । पार्क निर्माणले ऐरावतीवासीलाई चार्डपर्वहरुका गुमाफिर गर्न, साथिभाईसंग रमाइलो गर्न, स्थानियवासी देखि कर्मचारी, विद्यार्थी सबैलाई जमघट भएर खुसीयाली बनाउन एकदमै सहज भएको छ । यहाँका जनताहरु नयाँवर्ष, होली जस्ता विशेष दिनहरुमा घुम्नको लागि धेरै टाढा जानुपर्ने बाध्यता थियो त्यो पनि अन्त्य भएको छ । घर नजिकै पार्क भनेपछि विशेषगरी गरि त  बालबालिकाहरुले कम खर्चमा रमाइलोसंग ति विशेष दिनहरु मनाउन पाएका छन् । साथै हाम्रो वडामा गाउँ पालिका स्थरीय खेलमैदान पनि बनेका छ । त्यसले सिंगो ऐरावतीका बालबालिका तथा युवाहरुको खेल क्षमतामा विकाश गरिरहेको छ । 

वडा भित्र विकासका लागि के कस्ता योजनाहरु अगाडि सार्नु भएको छ ?

हाम्रो वडाको भौतिक पुर्वाधार विकाससंगै प्रत्यक्ष जनजीवनसंग जोडिएका कुराहरुलाई महत्वका साथ अगाडि बढाएको छु । विद्यालयहरुका आन्तरिक स्रोत र सामुदायीक वनको तर्फबाट शिक्षकहरु भर्ना गरेका छौं । मल्लरानी गाउँपालिकासंग जोडिएको वडा भएकाले वडावसीहरुलाई पाएक नपर्ने भएकाले डेलिभरी सहितको सुविधा सम्पन्न भवन निर्माण गरिरहेका छौं । खानेपानीलाई पनि व्यवस्थित गरिरहेका छौ । गाउँबस्तीलाई सडक सञ्जालले जोडिसकेको छ अब स्तरउन्नती गरिरहेका छौं । मुख्य गरी शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल लगायतका विषयसंगै जनताको जीवन स्तर माथि उठाउने खालका योजनाहरु अगाडि सारेका छौ । बाल बिबाह मुक्त वडा, बाल श्रम मुक्त, पूर्ण खोप युक्त वडालाई निरन्तरता, पोषणाका कार्यक्रम, बालबालिका पुर्ण रुपमा विद्यालय भर्ना गर्ने लगायतका कार्यक्रमहरु अगाडि सारेका छौं । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्