समय : ०५:५२ pm | बुधबार , असाेज २ गते २०८१

४७ अङ्कले बढेर शेयर बजारले २२ सय विन्दु पार गर्‍याे, ५ अर्ब ३१ करोड रुपैयाँको कारोबार

स्वर्गद्वारी अपडेट | पौष २५ गते २०७९

स्वर्गद्वारी अपडेट प्युठानशेयर बजार आज सोमबार पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसुचक नेप्से ४७ दशमलव १५ अङ्कले बढेर दुई हजार दुई सय ११ दशमलव ७७ विन्दुमा पुगेको छ । 

आज होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक र निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । 

आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज वरुण हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, खानीखोला हाइड्रो, जोशी हाइड्रो, सिँगटी हाइड्रो, युनियन हाइड्रो, छ्याङ्दी हाइड्रो, बाराही हाइड्रो, राधी जलविद्युत् र खप्तड लघुवित्त गरी १० वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै छ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेर हरियाली भए पनि आज धौलागिरि लघुवित्तको शेयर सबैभन्दा धेरै साढे दुई प्रतिशतले घटेको छ ।

 
]

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्