समय : ०४:४३ pm | बुधबार , असाेज २ गते २०८१

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज ‘डेमोस्ट्रेसन’ उडान हुँदै

स्वर्गद्वारी अपडेट | पौष २४ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान , गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन अर्थात् प्रदर्शन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एअरको ट्वीनअटर विमानले प्रदर्शन उडान गर्न लागेको हो । आज बिहान ११ बजे प्रदर्शन उडान हुँदैछ । काठमाण्डौबाट उडान गरेको तारा एअरको ट्वीनअटर विमानलाई गुल्मी पुग्न झण्डै ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ । १८ सिट क्षमताको विमान रेसुङ्गा विमानस्थलमा झण्डै एक घण्टा रहनेछ । त्यसपछि पुनः काठमाण्डौ फर्कने छ । तारा एअरले सुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयमा उडान गर्नेछ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एअरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिनुभएको छ । प्रदर्शन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्