नेपाल सोतोकान कराते संघ प्युठानले खेलाडिको गे्रडिंग वृद्धि आधारमा गर्यो प्रमाण पत्र वितरण
सन्तोष सुनार, प्युठान ।
नेपाल सोतोकान कराते संघ प्युठानले खेलाडिको गे्रडिंग वृद्धिको आधरमा प्रमाण पत्र वितरण गरेको छ । प्युठान नगरपालिका ७ पुर्णखोलामा रहेको जिल्ला खेलकुद विकास समितिको कबे्रजहलमा आज एक कार्यक्रम गरी प्रमाण पत्र वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अथितिमा प्युठान नगरपालिका ३ का वडा अध्यक्ष एवम् प्युठान नगरपालिकाका प्रवक्ता सुमन श्रेष्ठ, बिशिष्ट अथितिमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हुमलाल नेपाली , अथितिमा प्युठान नगरपालिका वडा नम्बर ३का सदस्य जगत सुनार , नेपाल सोतोकान कराते संघ प्युठानका अध्यक्ष अमर थापा मगर , कोषादाक्ष्य खिम सुनार , जिल्ला खलेकुद विकास समितिका सदस्य गिता केसी रहनु भएको र खेलमा खेलाडि सहभागीहरु रहेको नेपाल सोतोकान कराते संघ प्युठानका प्रमुख प्रशिक्षक शंकर बिकले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत मनतव्य भने नेपाल सोतोकान करातेका प्रशिक्षक नन्द बहादुर पुनले गर्नु भएको हो । कार्यक्रममा ४० जना खेलाडिहरुलाइ खेलको गे्रडिंग आधरमा प्रमाण पत्र वितरण गरिएका थियो कार्यक्रमको संचालन भने रेडियो स्वर्गद्धारीका संचारकर्मिb सन्तोष सुनारले गर्नु भएको थियो ।