समय : ०१:५३ pm | सोमबार , जेठ ५ गते २०८२

सांसद यादव र राईले आज शपथ लिँदै : बाँकी दुई जनाले आफ्नो अनुकूलतामा शपथ लिने

स्वर्गद्वारी अपडेट | पौष ८ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, प्रतिनिधि सभाका नवनिर्वाचित सांसदमध्ये हिजो शपथ लिन छुटेका महेन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ नलिएका यादवलाई सङ्घीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको हो । यादवसँगै राईलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज सिंहदरबारमा रहेको संसद् सचिवालयमा शपथ गराउनुहुनेछ ।खोटाङबाट निर्वाचित सांसद रामकुमार राई जहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेका संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका दुई सय ७० जना सांसदले हिजो शपथ लिएका थिए । तर सांसदहरु महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई भने हिजो शपथ लिन अनुपस्थित हुनुभएको थियो ।शपथ लिन बाँकी रहेका मध्ये आले पारिवारिक शोकमा र राई सुत्केरी भइ अस्पतालमा हुनुहुन्छ । उहाँहरुले आफ्नो अनुकूलतामा शपथ लिने सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । अस्ति बुधवार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले राष्ट्रपतिबाट शपथ लिनुभएको थियो ।

यो पनि पढ्नुहोस्