समय : ०४:५९ pm | बुधबार , असाेज २ गते २०८१

नमुना युवा नगरसभा प्यूठान नगरपालिकाको मेयरमा घर्तिमगर र उपमेयरमा गिरी

स्वर्गद्वारी अपडेट | पौष ७ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, प्यूठान नगरपालिकामा पहिलो पटक नमुना युवा नगरसभा सम्पन्न भएको छ । ३ दिनसम्म चलेको नगरसभाले मेयरमा तारा बहादुर घर्तिमगर र उपमेयरमा कुशुमा गिरीले भूमिका निर्वाह गर्नुभएको हो । नगरपालिका भित्रका सवै वडाबाट प्रतिनिधित्व हुने गरि युवाहरुको सहभागितामा नमुना युवा नगरसभा अभ्यास गरिएको हो । सहभागी युवालाई तालिम दिएर नगरसभा सञ्चालन गरिएको हो । नगरसभामा सन्तोष सुनारले लेखा समिति संयोजक र अमृता नेपालीले विधेयक समिति संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो । अरु सहभागीले वडा अध्यक्षको भूमिका निर्वाह गरेका थिए । यसैबीच, तारा बहादुर घर्तिमगरको अध्यक्षतामा ११ सदस्यीय नगरपालिका स्तरीय युवा सञ्जाल गठन भएको छ । जसको उपाध्यक्ष जीवन पुन मगर, सचिव, गीता गौतम, सह-सचिव कुशुमा गिरी, कोषाध्यक्ष विशाल विश्वकर्मा र सदस्यहरु सन्तोष सुनार, गोमा विष्ट, नेत्रमणी भण्डारी, सुसिला सुवेदी, रोशनी घर्ति, संगिता जिसी रहनुभएको छ । कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण अविनाश कार्की र तुल्सीराम न्यौपानेले गर्नुभएको थियो । प्यूठान नगरपालिकाको आयोजना तथा जिल्ला युवा समिति प्यूठानको समन्वयमा कार्यक्रम गरिएको हो । अघिल्लो वर्ष स्वर्गद्वारी नगरपालिकामा कार्यक्रम गरिएको जिल्ला युवा समिति प्यूठानका अध्यक्ष रामचन्द्र के.सी.ले जानकारी दिनुभयो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सञ्चालन प्रक्रियाबारे युवालाई जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष केसीले बताउनुभयो । प्रदेश स्तरमा नमुना प्रदेश सभा र केन्द्रमा नमुना संसदको अभ्यास हुने उहाँको भनाई छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्