समय : १२:१० am | शनिबार , कार्तिक १४ गते २०८३

अब माेबाइलमा सिम कार्ड नचाहिने, टेलिकमले ई-सिम वितरण गर्दै

स्वर्गद्वारी अपडेट | मंसिर १२ गते २०७९

स्वर्गद्वारी अपडेट प्यूठान । – नेपाल टेलिकमले  देशभरका सबै दूरसञ्चार कार्यालयबाट इम्बेडेड सिम अर्थात् ई–सिम वितरण थालेको हो ।यसअघि गएको भदौ ३१ गतेदेखि काठमाडौको सुन्धारामा रहेको  ग्राहक सेवा केन्द्रबाट टेलिकमले ई–सिम वितरण शुरु गरेको थियो । अब भने देशभरका दूरसञ्चार कार्यालयहरुबाट ई–सिम लिन सकिने टेलिकमले जनाएको छ । अहिले भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । उहाँले मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्ने र  क्यूआर कोडको सुविधा भएका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिने जानकारी दिनुभयो । आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन  गर्न *#06# डायल गर्नुपर्छ । ई-सिम राखेपछि अहिले राख्दै आएको सिमकार्डलाई मोबाइल फाेनमा राख्नुपर्नेछैन ।  
 

यो पनि पढ्नुहोस्