समय : ०६:५५ pm | आइतबार , असार ७ गते २०८३

प्युठानमा प्रदेश सभा ‘ख’का  स्वतन्त्र उमेदवार  के सीले  आफ्नो उम्मेद्धारी फिर्ता लिई कांग्रेस नेता रोज राणालाई समर्थन, 

स्वर्गद्वारी अपडेट | कार्तिक १६ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान। प्रदेश शभा '' प्यूठानका स्वतन्त्र उमेदवार माधब केसीले आफ्नो उमेदवारी निष्कृय पार्दै गठबन्धनका उमेदवार सरोज थापा (रोज राणा) लाई सहयोग गर्ने निर्णय गरेका छन।। कार्तिक १६ गते प्रदेश शभा '' का लालटिन चिन्हका स्वतन्त्र उमेदवार माधब केसी र गठबन्धनका उमेदवार सरोज थापा 'रोज राणा'का बिचमा छलफल गर्दै जिल्लाको परिवर्तनका लागी युवाको अपरिहार्य महसुस गर्दै आफ्नो सहयोग गठबन्धन उमेदवार थापालाई रहने प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएका हुन। थापा र केसीका बिचमा ब्यवसायीक कृषि उत्पादनमा यान्त्रीकरण गर्दै उत्पादनमा जोड दिने, भष्टाचार निवारण, क्षेत्र नं '' मा सामुदायीक अस्पताल निर्माण गर्ने लगाएतका १२ बुदे प्रतिबद्धता सहित सहकार्य भएको गठबन्धन उमेदवार सरोज थापा 'रोज राणा'को सचिवालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्