समय : ०५:१२ am | आइतबार , भाद्र २२ गते २०८१

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

स्वर्गद्वारी अपडेट | श्रावण ७ गते २०८१

स्वर्गद्वारी अपडेट समाचार डेक्स , ७ श्रावन ।  लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको आह्वान भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले आज बेलुकी साढे ६ बजेसम्मका लागि समय दिएर नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको हो । उहाँले संविधानको धारा १६८ (२) बमोजिमको नयाँ सरकार गठनका लागि प्रदेश सभामा रहेका दलहरूलाई आह्वान गर्नुभएको छ । लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने एमाले–कांग्रेसबीच सहमति बनिसकेको छ ।

यसैबिच बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई भोलि बेलुका ५ बजेसम्मका लागि दाबी पेस गर्ने समय दिनुभएको छ । यसअघि प्रदेशप्रमुख शर्माले हिजो दिउँसो मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुझाएको राजीनामा स्वीकृत गर्नुभएको थियो । मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको पहल थालिएको हो । नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले दाबी पेस गर्ने तयारी गरेका छन् । कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्