समय : ०५:०८ am | आइतबार , भाद्र २२ गते २०८१

प्यूठानमा साकोस जोखिम सुपरिवेक्षण सम्वन्धी गोष्ठी

स्वर्गद्वारी अपडेट | श्रावण ६ गते २०८१

प्रकाश वैद्य प्यूठान । साकोसमा जोखिम सुपरिवेक्षण तथा आधारशिला सम्वन्धि १ दिने गोष्ठी प्यूठानमा हिजो शनिवार सम्पन्न भएको छ ।


बचत तथा ऋण सहकारी संस्थाहरुमा हुने विभिन्न जोखिमहरुको बेलैमा पहिचान गरी जोखिम न्यूनिकरणका उपायहरु अपनाउन संस्थाहरुलाई अभिप्रेरित गराउने उद्धेश्यले बचत तथा ऋण सहकारी जिल्ला संघ प्यूठानको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) को प्राविधिक सहयोगमा गोष्ठी सम्पन्न भएको हो ।
जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ,सचिव र व्यवस्थापकहरुको सक्रिय सहभागिता रहेको गोष्ठीको उद्घााटन गर्दै प्यूठान नगरपालिकाका उप‐मेयर देवेन्द्र बर्माले नगर क्षेत्रका सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनमा नगरपालिकाले आवश्यक कार्य गरीरहेको बताउँदै सहकारी संस्थाहरुले दुर दराजका जनताहरुलाई उत्पादनमा जोड्न अघी सार्ने विभिन्न कार्यक्रममा हातेमालो गर्न नगरपालिका तयार रहेको बताए । बर्तमान समयमा सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षाका कार्यक्रमहरु व्यापक बनाउदै व्यावसायिक क्रियाकलापमा जोड्ने खालका कार्यक्रम ल्याउन समेत उनले आग्रह गरे ।
बचत तथा ऋण सहकारी जिल्ला संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षतामा भएको गोष्ठीको उद्घाटन सत्रमा नेफ्स्कुन सदस्य सेवा कार्यालय दाङ्गका उपसमिति सदस्य एवं विजय फुलवारी सहकारी संस्थाका अध्यक्ष नेत्रमणी आचार्य,जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेल,बचत तथा ऋण सहकारी जिल्ला संघका संस्थापक अध्यक्ष लोक बहादुर बस्नेत लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत बचत संघ प्यूठानका सचिव बलभद्र के.सी.ले तथा सञ्चालन नेफ्स्कुन सदस्य सेवा कार्यालय दाङ्गका इन्चार्ज विष्णुदत्त जोशीले गरेका थिए ।
कार्यक्रममा बचत तथा ऋण सहकारी संस्थाहरुको दिगो विकासको अवधारणा ,बचत तथा ऋण सहकारी संस्थाका विद्यमान जोखिमका क्षेत्रहरु ,पल्र्स अनुगमन प्रणाली ,जोखिम समाधानका उपाएहरु ,नेफ्स्कुनद्धारा सञ्चालितजोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम(ऋग्च्द्यक्)कर्बस कार्यक्रममा आवद्धताका लागि प्रक्रिया तथा आधारशिला कार्यक्रमका बारेमा नेफ्स्कुनका कार्यक्रम अधिकृत सोबिता मैनालीले सहजिकरण गरेकी थिइन ।
कार्यक्रममा सहभागि संस्थाका प्रतिनिििधहरुले नेफ्रस्कुनद्धारा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आवद्धता हुने प्रतिवद्धता जनाएका थिए भने प्यूठान नगरपालिका वडा न. ४ स्थित जुम्री बाहाँजोरी बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रम सभा हलमै शनिवार कर्वस कार्यक्रममा सम्झौता गरी आवद्धता भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्