प्यूठान । प्यूठानमा यात्रुबाहक बस दुर्घटना भएको छ । शुक्रबार कृष्णनगरबाट धार्मिकस्थल स्वर्गद्वारी मन्दिर दर्शन गर्न आउने भारतिय तिर्थयात्री लिएर भिंग्री आउदै गरेको लु १ ख ७०९४ नम्बरको बस सरुमारानी गाउपालिका ४ कुडुलेमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रहरी सायक निरिक्षक राजेन्द्र कुमार चौधरीले जानकारी दिए ।
बस दुर्घटना ट्रकलाई साइड दिदा ब्रेक नलागेर नालामा खसी दुर्घटना भएको प्रहरी सायक निरिक्षक चौधरीले बताए । बसमा रहेका ३५ जना यात्रुहरु भने सामान्य रहेका छन । उक्त घटना दिेउसो ३ः३० बजे घटेको हो ।
बसलाई ट्राफिक प्रहरी , स्थानीय तथा यात्रुहरु मिलेर निकाल्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले जनाएको छ