समय : १२:३० am | सोमबार , मंसिर २३ गते २०८१

स्वर्गद्वारीको सिस्नेरीमा खानेपानी सञ्चालन ः स्थानीय हर्षित

सन्तोष सुनार | जेठ २९ गते २०८१

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ साउनेपानीको सिस्नेरीमा खानेपानी सञ्चालन हुदा स्थानीय हर्षित भएका छन ।

वर्षौ देखी सञ्चालनमा नआएकोे साउनेपानि घडेरीखोला लिफ्ट खानेपानि आयोजना वडा अध्यक्ष गिर बहादुर घर्ति आफु निर्वाचित भएपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र स्थानीयहरुको सहयोगमा पहल गरी स्थानीयहरुलाई खानेपानीको सुविधा गराएको वडाअध्यक्ष गिर बहादुर घर्तिले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

यस खानेपानी सञ्चालनको लागी कार्यालय ,मन्त्रालयलाई धेरै पटक घचघचाउने तथा धाउने गरेको हुदा खानेपानी तथा सरसफाई डिभिजन कार्यालको सहयोग र वडा कार्यालयबाट पनि रु २ लाख रुपैया विनियोजन गरेर खानेपानी सुचारु गर्न सफल भएको अध्यक्षले बताए । यस खानेपानी गत वर्ष नै स्थानीयलाई खुवाउने लक्ष्यको साथ आफ्नो व्यक्तिगत खर्च , सामुदायीक सहयोग भएतापनि विभिन्न कारणले सञ्चालन गर्न नसक्दा आफु दुखिद भएको तर अहिले पानी सुचारु हुदा भावुक भएको समेत उनको भनाई रहेको छ । साउनेपानी सिस्नेरीका बासीन्दाहरुले एक –डेढ घण्टा टाढाबाट पानी बोकेर खानुपर्दा दुखी र निराशा भएको जीवन खानेपानी घरघरमा आउँदा हर्षित र सहज भएको एक स्थानीयले बताए ।

खानेपानी बोकेर ल्याएर खाना पकाएर खुवाएर छोराछोरीलाई विद्यालय , मेलापात तथा अन्य कार्यमा जादा हतार र ढिला हुने गर्दथ्यो तर अहिले सहज हुदा समयमै हुने भएकाले धेरै खुसी भएको व्यक्त गर्दे वडा अध्यक्ष गिर बहादुर घर्तिलाई स्थानीयले धन्यावाद समेत दिएका छन । समाजको विकासको लागी धेरै लागी पर्ने युवा वडा अध्यक्ष घर्तिले स्यानीलेख , मौरीकोट र मौवारीको बस्तीमा खानेपानीको अभाव रहेको हुदा आगमी वर्षमा खानेपानीको सुविधा गराउने स्वर्गद्वारी अपडेटसँग गरिएको कुराकानीमा बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्