प्यूठान । जिल्लाको प्यूठान नगरपालिका २ दाखाक्वाडीको सडक थप स्तरोन्नति संगै पक्कि हुन लागेको छ।

शुक्रबार बाट क्वाडी देखी झारीबाङ हुदै बर्जिबाङ सम्म गएको सडक थप पक्कि हुन लागेको हो । क्वाडीबाट झारीबाङ सम्म ५ कि.मी सडक पक्कि भईसकेकाले झारीबाङबाट बर्जिबाङसम्म सडक थप पक्कि हुन लागेको हो । सडक नाला सहित ७ मी. फराकीलो बनाउने भएको छ । सडक निर्माणको कार्य स्वर्गद्वारी महाप्रभु विल्डर्स प्रा.ली.ले गर्न लागेको हो ।
सडक पक्किको लागी प्रदेश सरकारबाट ३ करोड ५० लाख बजेट विनीयोजन भएको हो । सडक पक्कि गर्न लाग्दा स्थानीयहरु खुसी भएका छन । यस सडकमा क्वाडीबाट झारीबाङ सम्म २ वटा म्याजीक र स्वर्गद्वारी नगरपालिका ८ बर्जिबाङ हुलाक सम्म एक बस सञ्चालन रहेको छ ।